३० दलिय बन्दले जनता कष्टमा,दोब्बर भाडा दिएर यात्रा गर्न बाध्य यात्रुहरु

DSCN2268
भाडाकाे लागी कुरा गर्दै यात्रु र चालक

रंजन भण्डारी
जलेश्वर,पौष २८ गते ।DSCN2260 DSCN2261
एमाओवादी लगायतका ३० दलले गरेको मधेश बन्दले महोत्तरीलाई खासै प्रभावित गरेको छ । जलेश्वर,बर्दिवास,गौशाला,रामगोपालपुर लगायतका प्राय सबै ठाउको बजार र यातायात बन्द हुदा जनताहरु मर्कामा परेका छन । भारतबाट आउने यात्रु,मालसामानहरु भन्सार मै रोकिएका छन भने केहि यात्रुहरु जलेश्वर सम्म आई पुग्दा विच्चलीमा परेका छन । भारतको छपरा जिल्लाबाट जनकपुर घुम्न भनेर आएका प्रविण सैनी र उनको परिवार जलेश्वर बस पार्कमा विच्चलीमा परेका हुन भने बन्दको फाईदा उठाउदै तान्गा ,रिक्सा र निजि जिपहरुले मनपरी भाडा उठाउने गरेको समेत जानकारी भएको छ । DSCN2264
करिब ३ बजे सम्म चल्ने भनिएको बन्दले सरकारलाई केहि फरक परेको छैन भने जनताले कष्ट भोगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *