भिरकोटको विद्यालय श्रमदानबाट पुनःनिर्माण

रंजन भण्डारी
जलेश्वर,जेष्ठ २७ गते ।10411891_825649667521033_1368356646844662166_n
महाभुकम्पले ध्वस्त भएको दोल्खाको भिरकोट गाविस स्थित श्री नारायण उच्च मा.वि.को महोत्तरीका काग्रेसी कार्यकर्ताहरुले श्रमदान गरि पुनःनिर्माण गरिदिएका छन ।
जेष्ठ २१ देखि ५ दिन लगाएर नेपाली काग्रेसका केन्द्रिय सदस्यहरु रामचन्द्र तिवारी र महेन्द्र शर्माको नेतृत्वमा बजरंग नेपाली,ललन राय राघवेन्द्र झा,दिपलान्शु प्रसाद सिंह,राजकुमार पाण्डेय,मनोज चौधरी,गोपाल पाण्डेय लगायत २५ जनाको टोलीले जस्ता को ४ कोठे विद्यालय भवन निर्माण गरेका हुन ।
सोहि गाविसको भिमेश्वर निमाविमा करिब ८० हजार मोल बरावरको १८ क्विन्टल चावल समेत सो टोलीले राहत वितरण गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *