अज्ञात समुहद्वारा एककाे हत्या

बिष्णु यादब, महोत्तरी जेष्ठ २३ गते

महोत्तरीमा अज्ञात समुहले निर्मलतापुर्बक कुटपिट गर्न‘ुका साथै जहर सेबन गराई एक पुरुषको हत्या गरेको छ । आफ्नै गाईगोठमा सुतेका सुन्दरपुर ४ बस्ने अन्दाजी ४६ बर्षिय झोरन राय यादबलाई शनिबार बिहान करीब ५ बजेको समयमा अज्ञात समुहले ओछयानबाटै लगेर नजीकै रहेको बासघारीमा हातखुट्टा बाँधि कुटपिट गरेको र नाम खुल्न नसकेका जरह सेबान गराई भागेको स्थानियलाई उद्धत गर्दै ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मछिन्द्रबाबु केसीले जानकारी दिनुभयो । data=U4aSnIyhBFNIJ3A8fCzUmaVIwyWq6RtIfB4QKiGq_w,I_yCYbpI9GAzsDhYy-i03NB36s_JGAxALPG80AU0SR6tRrNqq3r9EwmjpA9COCstzzIVWlcP1KgBjX_j8ieCXP3-BcdGs0wTPeE5B74qahhYmeeRKy33xHgq8ey_ZlhNpQOQJ9EHo_pdGvRYAmIV4JZE5BKD08h2ZC4nB0j-ZRस्थानियबासिन्दाहरु बिहान दिसा पिसाब गर्न गएको बेला मृतक यादबलाई गंम्भिर अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पाउन साथ घटनास्थलमा पुगेको प्रहरीको टोलीले तत्कालै यादबलाई उद्धार गरी उपचारका लागी स्बास्थ्य संस्थामा लजादै गर्दा बाटोमै मृत्यु भएको प्रनी केसीले बताए । शंकाको आधारमा प्रहरीले मृतकका भाई रासबिहारीलाई नियन्त्रणमालीई अनुसन्धान सुरु गरेको छ । मृतक यादबको रासबिहारीसंग केहीदिन देखी जग्गाको बिबाद चल्दै आएको थियो । शवको पोष्टमार्टमका लागी जिल्ला अस्पताल जलेश्वर पठाउने तयारीमा रहेको प्रहरीले जनाएको छ ।

Be the first to comment on "अज्ञात समुहद्वारा एककाे हत्या"

Leave a comment

Your email address will not be published.

*