भित्ताले च्पापिदा लाग्यो बुवा आमाको मुख पनि हेरन पाउदिना तर बाचेछु

रंजन भण्डारी

जलेश्वर जेष्ठ १३ गते ।
वैशाख १२ को महा भुकम्प महोत्तरी भटौलिया ५ का अजय कर्णले सायद कहिल्यै विर्सनेछैनन । मृत्युको मुखबाट फर्केका अजय ओछ्यानबाट उठने र साथी भाईसंग घुम्ने ईच्छाका साथ अझै आफ्नो शारिरिक असक्तता संग लडदैछन । उनी भुकम्पको बेला कोठाबाट भाग्ने क्रममा सडक छेउमै रहेको रेस्टुरेन्टको भित्ताले च्यापिएर घाईते भएका हुन । IMG_4045
श्री मुनरी राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत बुवा जगरनाथ लाल कर्णका जेठा छोरा अजय आफ्नो परिवारको आर्थिक अवस्था सुधार्न केहि दिन पहिले नै काठमाडौं छिरेका थिए । काठमाडौंको संखमुलमा डेरा लिएर बस्दै आएका अजय विधुत विकास विभागमा दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटरमा कार्यरत थिए ।
१२ गते आएको महाभुकम्पमा उनी बस्दै आएको संखमुल स्थित घरबाट भाग्ने क्रममा सडक छेउमै रहेको एक रेष्टुरेन्टको भित्ताले उनलाई च्यापेको थियो । केहि स्थानिय र साथीहरुको सहयोगमा विभिन्न अस्पताल हुदै नर्भिक अस्पताल पुर्याईएका कर्णलाई १६ दिन आई सि यु मा राखिएको थियो । उनको पेल्भिक बोन क्रयाक भएको छ भने उनको लिभरमा ईन्ज्युरी भएको र चेष्ट ट्युब समेत लगाइएको थियो ।
सरकारबाट केहि टेस्ट र औषधी सित्तैमा दिईएपनि अन्य औषधी र उपचारमा उनको करिब १लाख ५० हजार खर्च भएको र अझै कति खर्च हुने यकिन नभएको उनका पिता जगरनाथ लाल कर्णले बताएका छन । हाल सम्म भएको खर्च चर्को व्याजमा ऋण लिएर गरेकोले सबैले आफ्नो स्तरबाट सहयोग गरि छोराको ज्यान बचाईदिन आग्रह गरेका छन । ??????????????????????????????????????????????????????????????
आर्थिक सहयोगको लागी राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय जलेश्वरमा जगरनाथ लाल कर्णको नाउमा रहेको खाता नं. १००२१।११४ मा पठाउन सकिन्छ वा उनको घरमै सिधै सम्पर्क समेत गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *