युवा र वयस्क मिलेर सहकार्य गर्न जरुरी

DSC04050रंजन भण्डारी
जलेश्वर,जेष्ठ ९ गते ।
समाजमा सकारात्मक सोच र विचारलाई लागु गरेर सामाजिक विकासमा अग्रसर हुन युवा र वयस्कको अहम भुमिका रहेको एक छलफल कार्यक्रममा देखिएको छ ।
महोत्तरीको बथनाहा,जलेश्वर वडा नं. १४,एकरहिया,भटौलिया,पिपरा,सुगा र कोल्हुवा वगेया मा शान्ति तथा विकासका लागी युवा संजाल नामक संस्थाको समन्वयमा युवा र वयस्क बीच अन्तर पुस्ता सम्वाद, बजेट बिनियोजन,सामाजिक कृयाकलाप,छुवाछुत लगायतका सामाजिक विषयहरुमा छलफल गरि गाउ समाजमा हुन सकिने समस्याहरु उजागर गर्न प्रयास गरिएको थियो ।
महोत्तरीका करिब ५० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएको र बाकी ५० प्रतिशतले वयस्कहरुबाट सही मार्गनिर्देशन र प्रोत्साहन नपाएर सामाजिक कार्यमा अघि बढन नसक्नु मुख्य समस्या रहेको सो कार्यक्रमहरुबाट निश्कर्ष निस्केको संजालका अध्यक्ष सुरेश ठाकुर बताउछन ।
स्थानिय स्तरको समस्या वा द्वन्द स्थानिय स्तरबाट नै समाधान गर्न सकिने र युवा पुस्तालाई शान्ति एवं विकास निर्माणमा लगाउन सके देश विकासमा टेवा पुग्ने ति छलफल कार्यक्रमहरुमा वयस्क र युवाहरु सहमत भएका थिए ।
ह्नुमान युवा क्लब बथनाहा, द जनकपुर लायन्स युथ क्लव,जनकल्याण सेवा युवा क्लब,मुसलिम विकास तथा कल्याण समिति,संघर्ष युवा क्लव र महोत्तरी दलित जनजाती उत्थान संघ जस्ता स्थानिय क्लब र संघ संस्थाहरुको आयोजनामा सम्पन्न ७ स्थानकै छलफल कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको बताउदै सहजकर्ता अकबर अन्सारीले यस्ता कार्यक्रम अझै सुदृढ रुपमा गर्न सके समाजका विकृतीहरु उजागर भई स्वत त्यसको समाधानको बाटोमा पुग्न सकिने बताउछन । DSC04037
कार्यक्रम जेआईजेड,जेडआईडि र विश्व शान्तिका लागी ऐक्यबद्धता नामक संस्थाको सहयोगमा गरिएको थियो ।

Be the first to comment on "युवा र वयस्क मिलेर सहकार्य गर्न जरुरी"

Leave a comment

Your email address will not be published.

*