वाईएनपिडीद्वारा विभिन्न चार विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण

रंजन भण्डारी
जलेश्वर,जेष्ठ ५ गते ।

नगरक्षेत्रका निजी तथा सरकारी विद्यालयहरुबिच नमुनाको लागी गराईएको निबन्ध,चित्रकला,कविता र केस स्टडी प्रतियोगितामा प्रथम,द्वितिय र तेस्रो हुनेलाई पुरस्कार वितरण गरेको छ । ynpd image
जिल्ला विकास समितिका योजना अधिकृत शैलेन्द्र पाण्डेयको अध्यक्षता र जिल्ला शिक्षा अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा वक्ताहरुले यस्ता कृयाकलापले बालबालिकाहरुमा रचनात्मक कृयाकलापको विकास हुने बताउदै समय समयमा बालबालिकाहरुलाई यस्ता कृयाकलाप गराई रहनुपर्ने बताएका छन ।
सो पुरस्कार वितरण समारोहमा चित्रकलामा प्रथम,द्वितिय र त्रितिय क्रमश विणा विद्या मन्दिरका संजु ठाकुर,अल्हेव्सका राज सहनी र महेन्द्र आदर्श महिला उ.मा.वि. कि अंजली झा लाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ ।त्यसतै निबन्धमा शिशु ज्ञान निकुञ्जका विवेक झा, महेन्द्र आदर्श महिला उ.मा.वि.का राहुल यादव एवं शिशु ज्ञान निकुञ्ज कि अंजली राउत तथा कवितामा प्रिया ठाकुर र अंजली राउत एवं न्यु मोर्डनका प्रभात सिंह का साथै केस स्टडीमा अल्हेव्सका राज सहनी,शिशु ज्ञान निकुञ्जका विवेक झा र अल्हेव्स कै सुयोग्य सिंंह लाई प्रथम,द्वितिय र त्रितिय पुरस्कार प्रदान गरिएको छ ।
कर्यक्रममा सर्च फर कमन ग्राउण्डका आलोक ठाकुर,नेपाल पत्रकार महासंघका पुर्व सभापति दशरथ भण्डारी , निवर्तमान सभापति हरि प्रसाद मण्डल लगायत विभिन्न मिडियामा आबद्ध पत्रकारहरु,शिक्षक एवं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *