अनियमित प्र.अ.लाई फिर्ता गर भन्दै अधिकारीको कार्यकक्ष घेराउ

महोत्तरी, बैशाख २० गते ।
अनियमित प्रधानाध्यापकलाई फिर्ता गर भन्दै रतौलीका अभिभावकहरु द्वारा आईतवार जिल्ला शिक्षा कार्यालय घेराउ गरिएको छ । सय जनाको संख्यामा रहेको अभिभावकहरुले शिक्षा अधिकारी विरुद्ध नाराबाजी गर्दै अधिकारीको कार्यकक्षको ढोका भित्र पस्न खोज्दा प्रहरीद्वारा शान्त गरिएको थियो ।
गत माघ महिनामा जिल्ला शिक्षा कार्यालय महोत्तरीले उमेश कुमार कर्णलाई रतौली उच्च मा.वि.मा प्र.अ.को पदमा नियुक्त गरेका थिए । प्र.अ.कर्ण विद्यालयमा उपस्थित नै नभई बाहिर बाटै विभिन्न प्रयोजन भन्दै विद्यालयको करिब १ लाख २५ हजार झिकेको र विद्यालयमा समेत पठन पाठन वाधित रहेकोले बाध्य भई घेराउ नै गर्नु परेको अभिभावकहरुले बताएका छन । पटक पटक शिक्षा अधिकारीलाई जानकारी गराउदा समेत अधिकारीले वेवास्ता गर्दै आएको र निज कर्ण अधिकारीको प्रिय पात्र समेत रहेकोले प्र.अ. कर्णले मनोमानी गर्दै आएको अभिभावकहरुको आग्रह छ ।
यता जिल्ला शिक्षा अधिकारी अरबिन्दलाल कर्णले त्यस विद्यालयमा रहेको व्यवस्थापन समितिको सिफारिस कै आधारमा निज कर्णलाई नियुक्त गरिएको बताएका छन । पुर्व प्र.अ. र अहिलेको प्र.अ. बिचको द्वन्दले विवाद सृजना गरेको हुन सक्ने भन्दै एक हप्ता भित्र अभिभावकहरुको भेला गराई सो को सत्य तथ्य बुझी कार्यवाही गरिने भन्दै शिक्षा अधिकारी कर्णले हाललाई विद्यालयको खाता समेत रोक्का गर्न लगाएका छन । प्रअ कर्णके नियुक्ती पुर्ण कानुनको दायरा मै रहि गरिएको छ र आवश्यक भए अर्को नया प्रअ त्यहा पठाईने बताएका छन ।

Be the first to comment on "अनियमित प्र.अ.लाई फिर्ता गर भन्दै अधिकारीको कार्यकक्ष घेराउ"

Leave a comment

Your email address will not be published.

*