बन्दको प्रभाव जताततै,महोत्तरीमा बसको सिसा फुटाईयो

प्रेसको गाडीमा तोडफोड
रंजन भण्डारी
जलेश्वर, चैत्र २४ गते ।10999686_365151257025700_9087763314112058536_n
३० दलिय गठबन्धनले गरेको ३ दिने बन्दले महोत्तरीको सवै प्रमुख ठाउहरुलाई प्रभावित गरेको छ । जलेश्वर,गौशाला,रामगोपालपुर,बर्दिबास लगायतका स्थानमा बजार र सार्वजनिक सवारी साधन पुर्णरुपमा बन्द छ भने जलेश्वरको नगरपालिका चौकमा सम्सीबाट आएको ज१ख ६५९ नं.को मुन्ना ट्राभल्स बसको सिसा फुटाइएको छ । ४।५ जना सवार सो बस ३ दिन बन्द रहेकोले पार्किड्ड गर्न ल्याएको भन्दा समेत बन्दकर्ताहरुले सिसा फुटाईदिएका छन । ठाउ ठाउमा प्रहरी समेत परिचालित रहेपनि बन्दको प्रभाव कम गर्न सकेको छैन । बस नचल्दा केही यात्रीहरु पैदलनै आफ्नो गनतव्यमा जान बाध्य भएका छन भने केहिले रिक्सा र ताड्डा चालकलाई चर्को रकम तिरिरहनु परेको छ ।
यता गौशालाबाट प्रकाशित हुने द पब्लिक टुडे दैनिकका प्रकाशक राम नारायण महतो सवार मोटरसाईकललाई जनकपुर रामानन्दचौकमा तोडिएको छ । जनकपुरमा मुद्रन गरि महोत्तरी लिएर जान लाग्दा हामी प्रेस स्रेस केहि जान्दैनौ भन्दै आन्दोलनकारीहरुले मोटरसाईकल तोडेका छन ।

Be the first to comment on "बन्दको प्रभाव जताततै,महोत्तरीमा बसको सिसा फुटाईयो"

Leave a comment

Your email address will not be published.

*