३ दिने बन्द सफल पार्न ३० दलिय गठबन्धनको मसाल जुलुस

रंजन भण्डारी
जलेश्वर,चैत्र २३ गते ।
महोत्तरीको जलेश्वरमा ३० दलिय गठबन्धनले २४,२५ र २६ गतेको आम हडताल सफल पार्न जलेश्वर,बर्दिवास,गौशाला रामगोपालपुर लगायतको स्थानमा मसाल जुलुस निकाले छ । 17210_1562293984052550_2810544757538752936_n
सहमतिय प्रकृयाबाट संविधान बनाउनु पर्ने माँगका साथ दोस्रो चरणको निर्णायक आन्दोलन गरिरहेका ३० दलले केहि लचकता देखाउदै ७ दिनको आन्दोलनका कार्यक्रम फिर्ता लिएपनि भोली देखिको बन्दको कार्यक्रम भने यथाबत राखेका छन । करिब ४०० जनाको सहभागिता रहेको सो मसाल जुलुस बुद्धिजिवी चौकबाट शुरु भई जलेश्वर नगरको परिक्रमा गरेको थियो ।

Be the first to comment on "३ दिने बन्द सफल पार्न ३० दलिय गठबन्धनको मसाल जुलुस"

Leave a comment

Your email address will not be published.

*