स्वस्थ्य रहन स्वच्छ खानेपानी र चर्पी अति आवश्यक ः फण्ड बोर्ड

रंजन भण्डारी
जलेश्वर,चैत्र २३ गते ।
मानिसलाई स्वस्थ्य रहन स्वच्छ खानेपानी र चर्पी अपरिहार्य रहेको एक कार्यक्रममा बक्ताहरुले बताएका छन । सोहि कार्यक्रममा ग्रामिण खानेपानी तथा कोष विकास समितीद्वारा ५० चापाकल र २ कोठे चर्पीको उटघाटन गरिएको छ । DSC00003
महोत्तरीको धिरापुर ९ बरदाहा स्थित अलजामेअतुल बरकातिया रजाए मुस्तफा मदरसामा चर्पी र चापाकलको उदघाटन प्रमुख अतिथि ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समितिका अध्यक्ष भुमिनन्दन देवकोटाबाट गरिएको छ । सोमबार मदरसा प्राड्डणमा चर्पी र चापाकलको उदघाटन गर्दै प्रमुख अतिथि देवकोटाले सफा पानी र चर्पीको अभावमा टाईफाईड जस्तो विमारीहरु लाग्ने हुनाले प्रत्येक घरमा चर्पी र चापाकलको प्रबन्ध हुनु पर्ने बताउनु भएको छ ।
आरसिडिएससी का अध्यक्ष रामआधार कापरले विकास निर्माणको काममा समाजको प्रत्येक व्यक्ती सहभागी भई समाज र गाउको विकासमा टेवा पुर्याउनु पर्ने बताएका छन । त्यसतै नेपाल पत्रकार महासंघ महोत्तरीका उपाध्यक्ष धिरेन्द्र राय र धिरापुर गाविसका सचिव राजेश शर्माले समेत खुल्ला ठाउमा दिशा गरेर वातावरण नै दुर्गन्धित भईरहेको र त्यसले विभिन्न रोग व्याधी र महिलाहरुको सम्मान र शुरक्षामा समेत समस्या रहेकोले घर घर मै चर्पी निर्माण गर्न जोड दिएका छन । तरकारी खेतीको लागी उतकृष्ट सो गाउले सरसफाई र खुल्ला दिशामुक्त क्षेत्रको रुपमा समेत उतकृष्ट हुनुपर्ने विभिन्न बक्ताहरुले बताएका छन ।
धिरापुर ९ वरदाहामा २५० घरधुरीमा १६५९ जनसंख्या रहेको छ भने बरदाहा खानेपानी आयोजनाको तर्फबाट ५० चापाकल र २कोठे भवन निर्माण गरिएको छ भने स्थानिय स्वयमले ७१ चर्पी बनाएको र आरसिडिएससीको तर्फबाट संचालित परियोजनाबाट १६९ चर्पी गरि कुल २४१ चर्पी सो गाउमा निर्माण भैसकेको छ । उदघाटन गरिएको चापाकल र चर्पीको लागी कुल २३५३९३१ रुपया रहेको समितिले जनाएको छ ।

Be the first to comment on "स्वस्थ्य रहन स्वच्छ खानेपानी र चर्पी अति आवश्यक ः फण्ड बोर्ड"

Leave a comment

Your email address will not be published.

*