१३८ विद्यार्थी सहित ७ शिक्षक निस्कासन,फोटो कापी पसले सहित ३ प्रहरी नियन्त्रणमा

रंजन भण्डारी
जलेश्वर,चैत्र १३ गते ।DSCN3490
चल्दै गरेको प्रवेशिका परिक्षाको सातौ दिनको परिक्षामा १३८ विद्यार्थी चिट चोरी गर्दा र सो कार्यमा सहयोग गरेका कारण ७ निरिक्षक निस्कासनमा परेका छन । बखरी परिक्षा केन्द्रबाट ९ विद्यार्थी र ४ निरिक्षक,महेन्द्र आदर्श महिला उ.मा.वि.जलेश्वरबाट ९ विद्यार्थी र २ निरिक्षक,ल.च.मु.उ.मा.वि.जलेश्वरबाट ६ विद्यार्थी र १ निरिक्षक र रामगोपालपुर परिक्षा केन्द्रबाट ७७ विद्यार्थी निस्कासनमा परेका हुन ।
रामगोपालपुर केन्द्र बाहिर नै प्रश्नपत्र र चिटको फोटो कापी गरिरहेका फोटोकापी पसले सहित ३ जनालाई जिल्ला शिक्षा अधिकारी अरबिन्दलाल कर्णले समाती प्रहरीको जिम्मा लगाएका छन । परिक्षा शुरु भए देखि नै सो केन्द्रको बारेमा विभिन्न नकारात्मक प्रतिकृया आईरहेकोले जिशिअ आफैले सो चेकजाच गर्न पुगेका थिए । भ्रमरपुरा परिक्षा केन्द्र लगायत केहिमा भने परिक्षा व्यवस्थित रहेको अनुगमन टोलीहरुले जनाएका छन । सो केन्द्रमा अन्यको भन्दा गेसपेपरहरु न्युन मात्रामा फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *