बालिका बलात्कारीलाई सर्बस्वसहित ३५ वर्ष जेल!

३ चैत, कलैया । बारा कलैयाकी ७ बर्षीया बालिकालाई बलात्कार गर्ने कन्हाई गुप्तालाई जिल्ला अदालतले सर्बस्वसहित ३५ वर्ष जेल सजाय फैसला सुनाएको छ । न्यायाधीश लिप्त बहादुर थापाको २ नम्बर बेन्चले यो फैसला सुनाएको हो ।
१५ बर्ष कैद र हत्यामा २० बर्ष कैद सजायको फैसला भएको बारा जिल्ला अदालतका श्रेष्तेदार रोशन भट्टराईले बताए । अदालतले गुप्ताको अंशबाट २ लाख रुपैयाँ बालिकाको परिवारलाई क्षतिपूर्ति दिन पनि आदेश दिएको छ । गत फागुन २४ गते बालिकाको उपचारको क्रममा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *