अन्तराष्ट्रिय महिला दिवश विभिन्न कार्यक्रमका साथ मनाईने

रंजन भण्डारी
महोत्तरी,फाल्गुन १९ गते ।
महिला तथा बालबालिका कार्यालय महोत्तरीले अन्तराष्ट्रिय महिला दिवश विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ । प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको अध्यक्षतामा महिला विकास कार्यालय महोत्तरीमा बसेको वैठकले १०५ औ महिला दिवश मनाउन विभिन्न निर्णय गरेको हो । 11050149_1556158967997097_7830278798223347536_n
पहिलो चरणमा फाल्गुन २३ गते महिला शसक्तीकरण र महिला हिंसा विरुद्धको प्लेकार्ड सहित र्याली,जलेश्वर र गौशालामा महिला हिंसा अन्तर्गत घरेलु हिंसा,दाइजो प्रथा,बाल विवाह विरुद्धको सडक नाटक र सभा गरिने छ भने दोस्रो चरणमा महोत्तरीमा महिला हिंसाको अवस्था वारे कार्यपत्र प्रस्तुतीकरण,कर्मचारी मिलन केन्द्रको आयोजनामा सरकारी महिला कर्मचारी विच व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
महिला तथा बालबालिका कार्यालय महोत्तरी की महिला विकास अधिकृत चन्दकुमारी व्यन्जनकारले आयोजना गर्ने सो कार्यक्रमहरुमा जिल्ला विकास समिति महोत्तरी ,कर्मचारी मिलन केन्द्र, युएनपिडी, युएनएफपिए, आयोन काठमाडौं, शान्ति तथा विकासको लागी युवा संजाल, आईआरडि, प्रयास महोत्तरी र पशुपति छापाखाना ले सहयोग गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *