आफ्नै जन्मभुमीमा अधिकार खोज्दै मधेशी

रंजन भण्डारी
जलेश्वर ,फाल्गुन १२ गते ।1017501_1614832608735966_6834191651352449528_n
आफ्नै देशमा आफ्नो पहिचानको लागी संघर्ष गर्दै आईरहेका मधेशी समुदाय आफ्नै देशवासीवाट अपहेलित हुदै आईरहेका छन । देशमा भएको रहेक आन्दोलनमा समान भुमिका निभाएका मधेशी समुदाय सत्तापक्ष र नेपाली जनताबाट नै अपहेलित भैरहदा छिमेकी मुलुकले समेत चासो देखाएको छ ।
अनुग्रह नारायण समाज अध्ययन संस्था र जनमुक्ती विमर्श को संयुक्त आयोजनमा पटनाको ए.एन.सिन्हा ईन्स्टिच्युटमा आयोजना गरिएको छिमेकी देश नेपालमा मधेशी विषयक गोष्ठीमा बक्ताहरुले नेपालमा ५२ प्रतिशत जनसंख्या रहेको मधेशी समुदाय सत्तापक्षबाट भएको विभेदलाई गम्भिर रुपमा लिएका छन ।
सो गोष्ठीमा नेपालका तर्फबाट पुर्व सभासदहरु रामकुमार शर्मा,जितेन्द्र सोनल,मधेशका युवा नेता सत्येन्द्र यादव लगायत केहि विशिष्ट ब्यक्तीहरुको रहेका थिए भने भारतको तर्फबाट डि.एन. दिवाकर,जनक प्रसाद,अधिवक्ता वर्षा जावलेकर , सतिस कुमार लगायतकाको विशेष उपस्थिति रहेको थियो ।
भारतिय छापा दैनिक जागरण र हिन्दुस्तान दैनिकमा सो सम्मेलनबारे छापदै मधेशी समुदायलाई समान हक र अधिकार दिई देशमा भईरहेको आन्दोलनहरुलाई सिथिल पार्न समेत सुझाव दिईएको छ ।

Be the first to comment on "आफ्नै जन्मभुमीमा अधिकार खोज्दै मधेशी"

Leave a comment

Your email address will not be published.

*