दुई दिने मानव अधिकार संवेदनशिल पत्रकारीता तालिम हुदै

रंजन भण्डारी
नेपालगंज,फाल्गुण १० गते ।10988298_1550706731860346_8612727962406291102_o
तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सले नेपालगंजमा मानव अधिकार संवेदनशिल पत्रकारिता तालिम संचालन गरेका छन । पत्रकारलाई मानव अधिकारको विषयमा लेख्न सजिलो होस भन्ने उदेश्यले महोत्तरी,सिरहा,सर्लाही,कपिलवस्तु,दाड्ड लगायतका क्षेत्रमा पत्रकारिता गरिरहेका पत्रकारहरुलाई समावेश गराईएको थर्ड एलायन्सका केन्द्रिय कार्यालयका मानव अधिकार प्रमुख रन्धिर चौधरीले जनाएका छन । आईतवार र सोमवार दुई दिन हुने सो तालिममा पत्रकारलाई समाचार लेखनमा आईपर्ने विविध समस्याहरु आचार संहिताको पालना,जोखिम,तथा लेखन सम्बन्धी विभिन्न 10991169_821722291243484_722478002714098431_nपक्षहरुमाथी प्रशिक्षकहरुद्वारा प्रकाश पारिएको छ ।
आईतवारको सत्रमा प्रशिक्षकहरु पश्चिमांचल क्षेत्रिय कार्यालय प्रमुख शैलेन्द्र हरिजन,पत्रकारहरु शरण कर्माचार्य,हेमन्त कर्माचार्य र रुद्र खडका रहेका थिए भने उदघोषण थर्ड एलायन्सका मध्य पश्चिमांचल क्षेत्रिय कार्यालय प्रमुख आलम खानले गरेका थिए ।

Be the first to comment on "दुई दिने मानव अधिकार संवेदनशिल पत्रकारीता तालिम हुदै"

Leave a comment

Your email address will not be published.

*