बालश्रम विरुद्ध भएको सडक नाटकले ख्याती कमाउदै

जलेश्वर, फाल्गुन ७ गते ।
महिला तथा बालबालिका कार्यालय महोत्तरीको संयोजनमा महोत्तरीको विभिन्न गाविस र नगरपालिकामा केहि दिन देखि प्रदर्शित हुदै आईरहेको सडक नाटकले चर्चा पाउन थालेको छ । सामाजिक संजाल यु टुब र फेसवुकमा केहि साथीहरुको सहयोगमा राखिएको सो सडक नाटकको भिडियोले उल्लेख्य प्रसंसा पाईरहेको छ । Untitled-1 copy
बालश्रम लाई निरुत्साहित गर्न सडक नाटक एउटा भरपर्दो माध्यम रहेको छ भने समाजमा भएको विकृतीलाई समाजमै नाटको माध्यमले देखाउदा त्यसले प्रत्यक्ष सकारात्मक प्रभाव पारेको छ । १४ वर्ष मुनिको बालबालिको जन्मदर्तामा उमेर बढाई बनाईने गरिएको नागरिकता र पासपोर्टका साथै नेपाल र भारतको जरी कारखाना , होटेल आदी स्थानमा १४ बच्चाहरुलाई काममा लगाईनु गैरकानुनी रहेको छ । यस्ता कार्य गर्ने वा गर्न लगाउनेलाई कानुनमा कडा भन्दा कडा सजाय र जरिवानाको प्रावधान रहेको भन्ने सन्देश दिइएको सो सडकनाटकले नेपालका विभिन्न होटेल ग्यारेज र विदेशमा समेत रोजगारीको लागी पठाईने बालबालिकाको अवस्थाबारे समेत सचेतना जगाएको छ ।
सडकनाटक हेर्न पुगेका आयोन काठमाडौंका सदस्य सत्येन्द्र यादवले यस्ता नाटकले समाजमा रहेको बालश्रम जस्ता विकृतीलाई उजागर गरेर बालबालिकालाई श्रम नगराई विद्यालय पठाउन प्रोत्साहन गरेको र यस्ता नाटकहरु निरन्तर रुपमा चलाउदा यस्ले समाजबाट यस किसिमका विकृती हटाउन धेरै मद्दत गर्ने बताएका छन ।

Be the first to comment on "बालश्रम विरुद्ध भएको सडक नाटकले ख्याती कमाउदै"

Leave a comment

Your email address will not be published.

*