महाशिवरात्रीमा हजारौको भिड

रंजन भण्डारी
जलेश्वर, फाल्गुन ५ गते । P1120623
आज मंगलवार फाल्गुण ५ गते फाल्गुन कृष्ण चतुर्दशीको दिन आदिदेव शिवको विशेष कृपा हुने दिन हो । आजको दिनमा शिवको दर्शन गर्नेले सम्पुर्ण दुःख कष्टबाट मुक्ती पाई मोक्षको प्राप्ती गर्ने जनआस्था रहेको छ । कालरात्री,सुखरात्री,मोहरात्री र शिवरात्री नामक चार रात्री मध्येको एक शिवरात्री हिन्दु धर्मका आस्था भोलेनाथको उत्पती भएको दिनको नामबाट पुरानहरुमा नामांकन गरिएको हो ।
शिवको प्रीय बस्तु दुध ,धतुरो र बेलपत्र चढाई शुद्ध मनले भगवानको आव्हान गरे सर्वसिद्धि प्राप्त भई यमलोक जानु नपर्ने आस्थाका साथ हिन्दुहरुले पुजा गर्ने गर्छन । सोही अनुरुप आज काठमार्डौको पशुपतिनाथ ,टुटेश्वर र जलेश्वरनाथ महादेवको मन्दिरमा दर्शनार्थीहरुको भिड लागेको छ ।
महोत्तरीको जलेश्वरमा रहेका जलेश्वरनाथ महादेव मन्दिरमा हजारौको संख्यामा रहेको भक्तजनहरुले शिवलिड्डको दर्शन गरिरहेका छन । सोमवार राती १२ बजे पछिबाट दर्शन गर्न सुरु गरिएकोमा विहान हुदै जादा दर्शनार्थीहरुको भिड बढदै गइरहेको छ । आजको दिनमा ब्रत वसेका महिलाहरु चर्को घाममा पनि आस्थाका साथ हर हर महादेव गर्दै लामबद्ध भएर बसेका छन ।
महिला तथा युवतीहरुलाई जिस्काउने र पाकेटमारहरुको नियन्त्रणका लागी विशेष निर्देशन प्राप्त शुरक्षाकर्मीहरु सादा पोसाकमा खटेका छन भने जलेश्वरनाथ मन्दिरमा गुफा भित्र जलमा रहेका जलेश्वरनाथलाई सयौको संख्यामा नेपाली सेना , सशस्त्र प्रहरी नेपाल प्रहरी र सामुदायिक प्रहरी पुजा व्यवस्थापन समिति,जलेश्वर नगरपालिकाका कर्मचारी र युवा समेतको सकृयतामा गुफा भित्रको जल निकाली भगवानको लिड्डको प्रत्यक्ष दर्शन गराईदैछ ।
मेला व्यवस्थापनबारे नगर प्रमुख सुजित कुमार कर्ण र पुजा समितिका अध्यक्ष अमित साहले प्रत्यक्ष अवलोकन गरिरहेका छन भने हाल सम्मको व्यवस्था सन्तोष जनक रहेको र ५ लाख भक्तहरुले भगवानको दर्शन गर्ने विश्वास रहेको नगर प्रमुखले जनाएका छन । भिडमा मुर्छा पर्ने समस्या रहेकोले स्वास्थ्य शिविर समेत संचालन भएको छ ।

जलगुफाबाट प्रत्येक महिनाको पहिलो सोमबार र शिवरात्रीको दिनमात्र जल निकालिने भएपनि अहिले विभिन्न समयमा विशिष्ट व्यक्तीहरुलाई दर्शन गराउन जथाभावी रुपमा जल निकालिनु गलत भएको र यस्ले विनाश निम्त्याउन सक्ने भन्दै पत्रकार राकेश प्रसाद चौधरीको नेतृत्वमा स्थानिय युवाहरुले जथाभावी जल ननिकालि दिन अभियान समेत चलाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *