शिवरात्रीको पुर्व सन्ध्यामा शोभायात्रा

रंजन भण्डारी
जलेश्वर, फाल्गुन ४ गते । 10920951_1001526209876643_3610689641249150124_n
मंगलवार हुने महाशिवरात्रीको अवसरमा आज आर्मी,प्रहरी,नगरवासी,संघसंस्था ,युवा र स्कुले विद्यार्थीहरुद्वारा शोभा यात्रा निकालिएको छ हजारौको संख्या रहेको सो शोभायात्राले नगरको विभिन्न भागको परिक्रमा गरेको छ ।
महाशिवरात्री पुजा व्यवस्थापन समिति र जलेश्वर नगरपालिकाको संयुक्त टोलीले भोली हुनलागेको पर्वमा भारी मात्रामा जनसहभागिता जुटाउन शोभायात्रा निकालेको आयोजकले वताएका छन । पुजाको तयारी अन्तिम चरणमा रहेको र मन्दिरको वरिपरि रहेको फोहोरको व्यवस्थापन आज राती सम्म गरिसकिने नगरप्रमुख सुजित कुमार कर्णले बताएका छन ।
नगरपालिका कर्मचारीहरु,व्यवस्थापन समिति सदस्यहरु र स्थानिय युवा समेत व्यापकरुपमा सहभागी भई मन्दिरको सजावट,सरसफाई र व्यवस्थापनमा जुटेका छन । आज राती १२ बजे पछि नेपाली सेना ,प्रहरी र युवाहरु समेतको सहभागितामा शिवलिड्ड रहेको जलगुफाबाट जल निकाली दर्शनको लागी खुल्ला गरिने पुजा व्यवस्थापन समिति अध्यक्ष अमित साहले जनाएका छन ।

Be the first to comment on "शिवरात्रीको पुर्व सन्ध्यामा शोभायात्रा"

Leave a comment

Your email address will not be published.

*