कांग्रेस एमाले संघियता विरोधी हो ः महन्थ ठाकुर

रंजन भण्डारी
महोत्तरी,माघ २४ गते । mahanth thakur photo
कांगे्रस र एमाले संघियताको पक्षधर नभई विरोधी भएको तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले एक कार्यक्रममा भनेका छन । कार्यक्रमबाटै एमाले र कांग्रेसको विरुद्ध एकजुट भई लड्न सवै मधेशवादी दलहरुलार्य आव्हान समेत गरेका छन ।
क्षेत्र नं. ३ स्थित वहेडा बजारमा शनिवार तमलोपाको अगुवाईमा सम्पन्न भएको ३० दलिय मोर्चाको भण्डाफोर र खवरदारी कार्यक्रममा बोल्दै प्रमुख अतिथि महन्थ ठाकुरले कांग्रेस र एमाले को षडयन्त्रले मधेशका मुख्य ५ जिल्ला पहाडमा गाभी मधेशी जनताको हक र अधिकारको हनन गर्न लागेको आरोप लगाएका छन । मधेश स्थित प्राकृतिक सम्पदाहरु पहाडमा कुनैपनि हालतमा गाभ्न नदिने समेत बताएका छन ।
सो कार्यक्रममा तमलोपाका उपाध्यक्ष वृष्ोशचन्द्रलाल कर्ण,तमलोपाका सभासद डा. विजय कुमार सिंह,संघिय सदभावनाका महासचिव सुनिल रोहित झा,मधेश फोर्सका अध्यक्ष एवं एमाओवादीका केन्द्रिय सदस्य रामकुमार शर्मा लगायका केन्द्रिय स्तरका नेताहरुको सहभागिता रहेको थियो ।
आईतवार क्षेत्र नं. १ स्थित बर्दिवासमा एमाओवादीको नेतृत्वले भण्डाफोर कार्यक्रम गर्ने छ ।

Be the first to comment on "कांग्रेस एमाले संघियता विरोधी हो ः महन्थ ठाकुर"

Leave a comment

Your email address will not be published.

*