ग्यासको आपुर्ती सहज गर्न जिल्ला प्रसासनमा ज्ञापनपत्र दायर

रंजन भण्डारी
माघ १९ गते ।images
महोत्तरी लगायत देशभरिका जनताहरु ग्यासको सहज आपुर्ती हुन नसक्दा मारमा परेका छन । सरकारले करिब एक महिना देखि आपुर्ती सहज गर्ने आश्वासन दिएपनि अझै सहज हुन नसकेपछि जनता ठगिएको महसुस गर्न थालेका छन । ग्यासको कालोबजारी निरन्तर चलिनै रहेको र विद्यार्थी लगायतका सवै  जनता भोकै बस्न बाध्य भएपछि संयुक्त युवा विद्यार्थी आन्दोल जिल्ला समिति महोत्तरीको समर्थनमा एमाओवादीका भातृ संगठन अखिल क्रान्तिकारीले सोमबार देशव्यापी रुपमा ज्ञापनपत्र बुझाएको छ। यसै क्रममा महोत्तरीमा पनि एमाओवादीको भातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य सत्येन्द्र यादवले निमित प्रमुख जिल्ला अधिकारी श्रवण साहलाई ज्ञापनपत्र बुझाईएको छ । द.नं. १५१६ रहेको सो ज्ञापनपत्रको सुनुवाई नगरिए आन्दोलनले उग्ररुपलिने जनाईएको छ । सो ज्ञापनपत्रमा एल पि ग्यासको सहज आपुर्ती,कालाबजारीलाई कार्यवाही गर,ग्यासमा उपभोक्ता कार्डको व्यवस्था गर , एल पी ग्यासमा लगाएको भयाट खारेज गर, दोहोरो मुल्य प्रणाली लागु गर,आम उपभोक्तालाई लुटने र ठुला होटेल र व्यापारीलाई सहुलीयत दिने लगायतका मांगहरु रहेका छन ।

Be the first to comment on "ग्यासको आपुर्ती सहज गर्न जिल्ला प्रसासनमा ज्ञापनपत्र दायर"

Leave a comment

Your email address will not be published.

*