दुई समुहबिचको आपसी विवादमा ७ घाईते

रंजन भण्डारी
महोत्तरी , माघ १७ गते ।
जलेश्वर नगरपालिका वडा नं. १२ मलिवारा स्थित मस्जिदमा दुई समुह विच भएको झगडामा ७ जना घाईते भएका छन । झगडा गर्ने दुवै पक्षसंग प्रहरीले सोधपुछ र छलफल गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।
शुक्रवार मलिवारा स्थित मन्दिरमा पहिला को नवाज पढने विषयमा झगडा भएको थियो ।घाईतेहरु वसिर अंसारी,मो.मोसिम अंसारी,इशा अंसारी,मैयुद्दिन अंसारी वशारद अंसारी असलम अंसारी र सगिर अंसारी रहेका छन । सो मदरसामा हाल दुई मौलवी रहेकोले विवाद सृजना भएको स्थानियहरुले जनाएका छन ।
मस्जिदमा पहिलेका मौलवी  भटौलियाका मो. सिराज अंसारी र नया मौलवी बल्बाका मो. कासिम अंसारी रहेकोमा दुवैका समर्थक एकआपसमा पहिले नवाज पढने भनी झगडा गरेका थिए । घाईतेहरुको अवस्था सामान्य रहेको छ ।

Be the first to comment on "दुई समुहबिचको आपसी विवादमा ७ घाईते"

Leave a comment

Your email address will not be published.

*