शान्ति तथा विकासको लागी युवा सञ्जालको विशेष भुमिका

रंजन भण्डारी
मघ १६ गते ।
शान्ति निर्माणमा बालबालिका , युवाको संलग्नता बारे बहु निकाय,बहु देशिय , बहु दात्री मुल्यांकन(थी्र एम)को केन्द्रिय टोलीले आफ्नो चार जिल्लामा संचालनमा रहेको कार्यक्रम मध्ये महोत्तरीको बथनाहामा संचालित कार्यक्रमको प्रभावकारीता,कार्यक्रम संचालनमा आउने बाधा आदीको अवलोकन गरेको छ ।
सर्च फर कमन ग्राउण्डले बालबालिका तथा युवाहरुले उनीहरुको आफ्नो समुदायमा शान्ति निर्माणमा गरेको योगदानको प्रभावकारितालाई बुझ्न ,मापन गर्न र उजागर गर्न का लागी स्थानिय तहमा उनीहरुले गरेका कार्य तथा प्रयासहरुको एकमुष्ट प्रभावकारिताको विश्वाशिलो आधार तयार गर्न शान्ति तथा विकासको लागी युवा सञ्जालको विशेष भुमिका रहेको बताउदै यसलाई झन प्रभावकारी र देशव्यापी रुपमै अभियानको रुपमा संचालन गरिने केन्द्रिय अवलोकन टोलीले जनाएका छन ।
तिन उमेर समुहमा विभाजन गरि गरिने मुल्यांकन कार्यमा १० देखि १४, १५ देखि १७ र १८ देखि २९ वर्षको उमेरको समुह बनाई संचालन गरिने गरिएको समेत सर्च टोलीले जनाएका छन । महोत्तरी,नवलपराशी,रोल्पा र डोटी गरि हाल चार जिल्लामा शान्ति तथा विकासको लागी युवा सञ्जालको कार्यक्रम संचालनमा रहेको छ ।
महोत्तरीमा संचालित कार्यक्रमको अवलोकन गरेका सर्च फर कमन ग्राउण्डका नरेश चापागाई,विभुती विष्ट,युवाकर राज राजकर्णिवार,आलोक ठाकुर, विजय झा रहेका थिए भने वाईएनपिडिका संयोजक सत्येन्द्र यादव, बथनाहाका प्रधानाध्यापक विनय झा, मुल्यांकन प्रशिक्षकहरु सुहानी अधिकारी,अख्तर अंसारी,ओम प्रकाश शर्मा,कामनी चौधरी,अमरेन्द्र साह,सविता झा,विक्की ठाकुर र अलिहैदर अंसारी संग समेत सर्चका टिमले फिल्ड वर्कवारे जानकारी लिएका थिए ।

Be the first to comment on "शान्ति तथा विकासको लागी युवा सञ्जालको विशेष भुमिका"

Leave a comment

Your email address will not be published.

*