राजविराजमा भएको प्रहरी दमनमा दर्जनौ घाईते

एमाओवादी,सदभावना लगायतका पार्टीहरुद्वारा घोर आपत्ती
सरकार नसुध्रिए तेस्रो जनआन्दोलन गर्ने चेतावनी
रंजन भण्डारी
महोत्तरी , माघ ९ गते । DSCN2530a
सप्तरीको राजविराजमा एमाओवादी लगायतका ३६ दलिय मोर्चाद्वारा निकालिएको शान्तिपुर्ण जुलुस र सभामाथी प्रहरीद्वारा भएको  निर्मम लाठीचार्जले दर्जनौ कार्यकर्ता घाईते भएको प्रति सदभावना पार्टी , एमाओवादी लगायत मोर्चाका सवै दलले  आपत्ती जनाउदै घोर भत्सर्ना गरेको छ ।
सप्तरीको राजविराजमा प्रहरीको लाठी चार्जमा घाईते भएका सदभावना पार्टीको भातृसंगठन विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव केसी, मधेशी जनअधिकार फोरम का केन्द्रिय सदस्य शैलेन्द्र साह लगायतका दर्जनौलाई घाईते बनाईनु   सत्तापक्ष आन्दोलनबाट डराएको र डरकै  प्रत्रिफलमा दमन गरेको भन्ने बताउदै एमाओवादी महोत्तरीका सुचना विभाग प्रमुख सत्येन्द्र यादवले  एमाले र कांग्रेसको निर्र्देशन मा गरिएको दमनले आम जनसमुदाय नडराउने र सत्तापक्षले यस्ता कार्यहरु बन्द नगरे आफुहरुले महोत्तरीबाटै तेसा्रे जनआन्दोलनको सुरुवात गर्ने समेत जनाएका छन । साथै  संबिधानसभामा महिला सभासदमाथी मर्यादापालक बाट भएको घृनित कार्यले सम्पुर्ण नारीजातीको अपमान भएको र दोषीलाई कडा कार्यवाही गर्न समेत मांग गरेका  छन ।
हाल  राजविराज क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *