एमाओवादी लगायतका ३६ दलको देशव्यापी रैली र सभा

रंजन भण्डारी
जलेश्वर,माघ ८ गते ।DSCN2526 DSCN2530a
महोत्तरी लगायत पुरै नेपालमा एनेकपा माओवादी,नेकपा(माओवादी,सदभावना,जनतान्त्रिक फोरम ,तमलोपा लगायतका ३६ दलले बिहिवार देशव्यापीरुपमा जुलुस र कोणसभा गरेको छ ।
महोत्तरीको जलेश्वरमा गरिएको सो विरोधको कार्यक्रममा हजारौंको संख्यामा रहेको प्रदर्शनकारीले नगरपरिक्रमा गरि बुद्धिजिवि चौकमा कोणसभा गरेको हो ।  सत्ताको प्रलोभनमा परेर  सहमतिय संबिधानको निर्माण नगरि बहुमतको आधारमा ल्याउन लागेको संविधान देश र जनताको मांग बमोजिम नभई एमाले र कांग्रेसको सत्ता लोलुप्ताको संबिधान भएको ३६ दलिय मोर्चाले कोणसभामा वक्ताहरुले भनेका छन । संघिय मोर्चाको नेतृत्वको कार्यक्रममा एमाओवादी महोत्तरीका सुचना  विभाग प्रमुख सत्येन्द्र यादव ले  सत्तापक्षले ल्याउन लागेको संबिधान संघियता बिरोधी भएको र यसले जनताको मांग सम्बोधन नगर्ने बताउदै बहुमतिय प्रणालीमा संबिधान ल्याए त्यसलाई जलाईने र देशमा तेस्रो जनआन्दोलनको थालनी हुने जनाएका छन ।

Be the first to comment on "एमाओवादी लगायतका ३६ दलको देशव्यापी रैली र सभा"

Leave a comment

Your email address will not be published.

*