विद्यालयका किशोरीहरु महिनावारी वारे वुझ्दै

20180528_103510

दिपिका साह
महोत्तरी,१४ जेष्ठ ।
महिनावारी किशोरी तथा महिलाहरुमा हुने स्वभाविक प्राकृतिक प्रकृया हो । अधिकांश किशोरीहरु महिनावारी भएको वेला अपनाउनु पर्ने सावधानी वारे नवुझ्दा उनीहरुलाई अनेकौ समस्या हुने गरेकोमा विद्यालयमै महिनावारी सम्बन्धी जनचेतना कार्यक्रम भएपछि किशोरीहरुले महिनावारी वारे गम्भिर भएर वुझ्न थालेकि छिन । अधिकांश किशोरीहरुको लागि यो नौलो अनुभव भएको र सवैमा यो नियमित प्राकृतिक प्रकृया हुने गरेकोले यसवारे उनीहरुको जिज्ञासा समेत वढेको छ ।20180528_103453
सेभ द चिल्ड्रेनको सहयोग तथा रतौली युवा क्लवको सहजीकरणमा जलेश्वर नगरपालिका वडा नं. २ स्थित ल.च.मु.मा.वि. र वडा नं. १२ थरुवाही स्थित सरस्वती मा.वि.मा विश्व महिनावारी स्वच्छता दिवशको अवसरमा कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई महिनावारी वारे जानकारी दिने उदेश्यले संचालित जनचेतना कार्यक्रममा किशोरीहरुले आफ्ना जिज्ञासा मेटेकि थिईन ।
महिनावारी स्वच्छता मार्फत महिला तथा किशोरीहरुको शसक्तिकरण भन्ने नाराका साथ विद्यालय लक्षित जनचेतना कार्यक्रममा किशोरीहरुलाई महिनावारीको वेला अपनाईने सावधानी,महिनावारी के हो भन्ने जानकारी,सेनेटेरी प्याड सम्वन्धि जानकारी,तथा समाजमा महिनावारी सम्बन्धि रहेको धारना तथा वास्तविकता वारे विशेष जाकारी गराईएको थियो । IMG-20180529-WA0059
कार्यक्रममै कक्षा ८ मा अध्ययनरत एक किशोरीले पहिलो पटक महिनावारी भएदेखि हालसम्म पनि हरेक महिनामा रजस्वला हुदा घरमा सो वारे कसैलाई भन्न लाज लाग्ने गरेको वताईन । उनले विद्यालयममै महिनावारी सम्बन्धी विभिन्न जानकारी हुदा अव धक खुलेको र लाज समेत हराएको वताईन । उनले यो प्राकृतिक प्रकृया भएको वल्ल आफुले वुझेको समेत थपिन । उनले महिनावारी भएको वेला पहिले पुराना कपडाहरु प्रयोग गर्ने गरेको भएपनि अव भने सेनेटरी प्याड वा स्वच्छ कपडाको प्याड मात्र प्रयोग गर्ने समेत बताईन । उनीसंगै धेरै किशोरीहरुले आफ्नो जिज्ञासा मेटेकि थिईन । 20180528_103510
यता ल.च.मु.मा.वि.कै प्रधानाध्यापक संजिव झा ले आफुहरुले समेत हालसम्म विद्यालयमै सेनेटरी प्याड नराखेपनि अव भने सहज रुपमै विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने वताए ।
त्यसतै महिनावारी वारे प्रशिक्षण दिएकि प्रशिक्षकद्वय सुस्मिता ठाकुर र अमृता मोचीले विद्यालयमा पुग्दा धेरै किशोरीहरुले हालसम्म कसैसंग आफ्ना समस्याहरुवारे जिज्ञासा राख्न नसकेपनि आफुसंग भने अधिकांश किशोरीहरुले आफ्ना गोप्य कुराहरु र समस्याहरु साटेको वताईन । यता जिल्लाका सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सम्बन्धी पठन पाठन हुने गरेपनि खुलेरै छलफल र वहसको अभाव देखिएको छ ।

Be the first to comment on "विद्यालयका किशोरीहरु महिनावारी वारे वुझ्दै"

Leave a comment

Your email address will not be published.

*