नाकाबन्दी

DSC00454

20171210092741_IMG_3294-01रंजन भण्डारी
महोत्तरी
हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर,मुक्तिनाथ र काठमाडौंको दुई दिवशिय भ्रमण सकाएर फर्केका छन । उनको भ्रमण वारे नेपालमा विभिन्न सकारात्मक र नकारात्मक टिका टिप्पनीहरु भए । केहि टिकाटिप्पनी प्रदेश सरकार र केन्द्र सरकार वारे समेत भए । जसमा सवैभन्दा वढी चर्चा नाकाबन्दी कै भयो ।DSC00454
त्यो नाकाबन्दी जुन गत आन्दोलनको समय भएको थियो । लामो समयसम्म चलेको नाकाबन्दीले भारतिय बजारबाट नेपाल भित्रिने विभिन्न प्रकारका सामानहरु ल्याउन बन्द थियो । नेपालमा त्यती वेला खाद्यान्न र ईन्धन लगायतका सामग्रीहरुको हाहाकार भयो र नेपाली जनताहरु महिनौ अभावमै विताउनु पर्यो । त्यही वेला समेत नेपालमा राष्ट्रियताको मुद्दाले आकाश छोएको थियो जुन नाकाबन्दी फुकुवा भएको केहि समय पश्चात हरायो ।
अहिले मोदी नेपाल भ्रमणमा आउदा पुनः त्यही राष्ट्रियताको नारा लाग्दै नेपालका केहि क्षेत्रमा खासगरी काठमाडौंमा नाकाबन्दी वारे मोदीले माफी माग्नु पर्ने भन्दै चर्चा हुन थालेको छ ।
कसले गर्यो त नाकाबन्दी ?
नेपालमा नाकाबन्दी वारे दुई पक्षको छुटटा छुटटै भनाई छ । मधेश केन्द्रित दलका नेताहरु जुन उही वेला आन्दोलनमा थिए र मेरै रिपोर्टिंगको क्रममा मैले उनीहरुलाई विभिन्न नाकामा पाल,टेन्ट खडा गरेर ओढ्ने ओछ्याउनेसम्मको जोहो गरि वसेको देखेको थिए उनीहरुले हामीले नाकाबन्दी गरेको चिच्याई रहदा अर्को पक्ष(केन्द्रिय मिडिया) र नेपालमा विशिष्ट दर्जा पाएका समुदायले भारतले नाकाबन्दी गरेको भनेर व्यापक प्रचार प्रसार गरिरह्यो । नाकाबन्दी कै समय केहि मौकाको फाईदा उठाउने वाहेकका राजनितिकर्मीहरुले वास्तवमै नाकाजाम गरेको मैले पाएको थिए । भारतले त्यती वेला चाहेको भए भारतिय कस्टमबाट सामानहरु क्लियरेन्स गराएर नेपाली भुमिमा छिराउन सक्नेमा दुईमत छैन तर ति सामग्री भारतले क्लियरेन्स दिदैमा र त्यो सामान नेपाल प्रवेश गर्दा सिमामै वसेका आन्दोलनकारीहरुसंग हुन सक्ने सम्भावित झडप र त्यसमा सयौको थप मृत्युको कारक भने भारत नबन्ने मनसायका साथ सामान रोकेको मेरो बुझाई छ ।
तराई मधेशमा त्यही वेला आन्दोलन उत्कर्षमा रहेको र समय समयमा झडप समेत हुने गरेको अवस्थामा भारतले सम्भावित मारकाटको कारण केहि सतर्कता अपनाएको नेपालीवासीहरुकै हितमा रहेको हामीले बुझ्नु पर्ने हुन्छ ।
यता नाकाबन्दी कै अर्को पक्षलाई खोतल्दा तराई मधेशका क्षेत्र वाहेकको क्षेत्रहरु(काठमाडौं) लगायतकाहरु मधेशमा आन्दोलन चलिरहदा तराई मधेशको पक्षमा एक शब्द नवोलेको तितो सत्य समेत हामीसंग छ । वास्तव मै वर्षौ देखि विभेदमा पारिएका तराई मुलका वासिन्दाहरुमाथी नेपालमै सत्तापक्षबाट हुने गरेको अन्याय वारे आफुलाई राष्ट्रिय मिडिया भन्न रुचाउने नेपालकै प्रसिद्ध मिडियाहरुले समेत आवाज नउठाईदिएको ति मिडियाहरुले सिर झुकाएर मान्नै पर्ने स्थिति छ । तर पनि लाज पचाउदै नाकाबन्दी हुदा भारतले नाकाबन्दी गर्यो भनेर तराई मधेशलाई सिधै वाईपास गरेर समाचारहरु लेखे र प्रकाशन तथा प्रसारण गरे जुन मिडियाकै नम्सको विरुद्ध थियो । कुनै दिन फिल्ड मै नआई केन्द्रमा वसेर रिपोर्टिंग गर्ने र समाचार लेख्ने विशिष्ट श्रेणीका पत्रकारहरु केन्द्रको भएर उनीहरुले लेखेको समाचार साचो तर फिल्डमै वसेर स्थानियको दुख पिडा सवै आफ्नै आँखाले देखेर समाचार लेखेको पत्रकार बनावटी हो त ? प्रश्न यहा पनि उब्जेको छ । तपाई बसेको ठाउको जनतालाई पिडा भयो त्यो समाचार पहिलो पृष्टमा छाप्ने तपाई केन्द्रिय मिडियाले खै त तराई मधेशको जनतालाई पिडा भयो भनेर पहिलो पृष्टमा समाचार छापेको ? यहि हो त न्याय ?
आन्दोलन र नाकाबन्दी कै समय तराई मधेशमा कार्यक्षेत्र भई उक्त मिडियाहरुमा समाचारदाताको काम गर्दै गरेका संचारकर्मीहरुले मिडिया हाउसमा पठाएको समाचारहरु नछाप्ने र छापेपनि समाचार तोडमोड गरेर त्यसको भाव समेत मर्ने गरि प्रकाशन र प्रसारण गरेको पिडा म लगायत तराइृ मधेशमा कार्यरत अधिकांश संचारकर्मीले भोगेका छौ । फिल्ड मै रहेर ज्यानको वाजी लगाउदै पठाएको समाचार गलत तर केन्द्रको निजी वा राजनितिक स्रोतहरुले दिएको सुचना सहि ठान्ने मिडिया हाउसहरु कतिको जिम्मेवार छन त्यो सहजै अनुमान लगाउन सकिन्छ । DSC00496
नाकाबन्दी कै समय तराई मधेशका जनताले भोगेको दुख पिडालाई वेवास्ता गर्दै नाकाबन्दीले काठमाडौंको जनजिवन प्रभावित भयो र त्यहाका जनता भोकै वसे भनेर व्यापक रुपमा गरिएको प्रचारवाजीले वास्तवमै मिडिया समेत विभेदकारी रहेको पुष्टी गरेको छ । अहिले सामाजिक संजालमा ग्यासको अभाव तथा अन्य मालवस्तुको अभावमा काठमाडौंमा वृद्ध महिला ग्यास सिलिण्डर लिएर भौतारिरहेको फोटोहरु आईरहदा र त्यसमा जाती विशेषले कमेन्टहरु गरिरहदा त्यही वेला मधेशले भोगेको पिडाको फोटो नराखिनु विभेदकै एउटा पाटो हो ।
तराई मधेशका राजनितिक दलहरु स्वार्थी हुन सक्छन र उनीहरुले निजी स्वार्थको लागि यहाका जनतालाई प्रयोग गर्न सक्छन जसलाई सिधै नकार्न सकिन्न तर वास्तवमै पिडामा रहेका तराई मुलका जनताको पिडा भने देखावटी नभई वास्तवमै उनीहरु विभेदमा परेकै हो भनेर केन्द्रिय मिडियाले बुझ्न नसक्नु दुर्भाग्यपुर्ण छ । DSC00495
नाकाबन्दी भारतले गरोस या मधेशी दलका नेताहरुले त्यसको पिडा काठमाडौंले मात्र नभई तराई मधेशले पनि भोगेको छ । तर अझै पनि काठमाडौं केन्द्रित मिडिया र त्यहाका जनताले तराई मधेशका वासिन्दालाई आफ्नो नबुझेसम्म यसरी नै एक अर्का माथी टिकाटिप्पनी मात्र हुने गर्छ । हामीले तराई मधेश र पहाडको भावनालाई एउटै भावना भएको बुझेर जवसम्म एक अर्काको लागि आवाज उठाउदैनौ तवसम्म देशले विकास गर्न नसक्ने निश्चित छ । तपाईलाई चोट लाग्दा दुख्ने तर मेरो चोटमा हास्ने प्रवृती बन्द होस भन्ने कामना ।
पग पग पोखैर माछ मखान,सरस वोल मुस्की मुख पान ।
विद्या वैभव शान्ती प्रतिक,सरस क्षेत्र मिथिलाँचल थिक ।।
प्रस्तुत पंक्तिमा मिथिलांचल क्षेत्रको लागि भनिएको छ कि यहा रहेक पाईला पाईलामा रहेको पोखरीमा माछा र मखान पाईन्छ । जहाको हरेक जनताको वोली सभ्य छ,हाँसो छ र मुखमा पान छ । जुन क्षेत्र विद्या वैभव र शान्तिको प्रतिक छ । र सम्पुर्ण मिथिलाँचल नै उत्तम छ ।
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रै क्षेत्रमा आएर हाम्रै यस भावलाई आफ्नो वकतव्य मार्फत गरेको प्रशंसालाई आज हामी आफै भुल्दैछौ । अर्को देशवाट पाहुना हाम्रो देशमा आउदा उसको सम्मान गरौ न कि तिरस्कार । आफुलाई तराई,पहाड र केन्द्रका नेता भन्न रुचाउनेहरुलाई हामी खवरदार गरौ पुनः नाकाबन्दी नहोस र हामी जनताले दुख नपाउ भनेर न कि वाहिर वाट आउने पाहुनालाई हामी गाली गरेर वसौ । सुधार हाम्रो नेतामा ल्याउनु आवश्यक छ जसको लागि हामीले पहल थाल्नु पर्छ । सत्ता र निजी स्वार्थमा लिप्त हुने ले हामी पहाड र तराईका जनता विच कहिल्यै मेल हुन दिदैन । त्यसैले अव मेल हामी जनताले नै एक आपसमा गर्नु पर्छ र त्यसता स्वार्थमा लिप्त नेताहरुलाई हामीले ठाडो जवाफ दिन सक्नु पर्छ ।

Be the first to comment on "नाकाबन्दी"

Leave a comment

Your email address will not be published.

*