कतारमा मृत्यु कुर्दै महोत्तरीका अनिल,पुनरावेदन गर्न रकम अभाव

मृत्यु कुर्दै अनिलमृत्यु कुर्दै अनिल

रंजन भण्डारी
महोत्तरी,१७  वैशाख ।anil chaudhary
औरही नगरपालिका वडा नं. १ का श्याम चौधरीका एकमात्र सन्तान २० वर्षिय अनिल चौधरी विगत एक वर्ष देखि कतारमा मृत्यु कुरेर वसेका छन । कतारको दुई तल्लो अदालतले उनलाई एक कतारीको हत्यारा ठगर गर्दै फासीको फैसला सुनाएपनि उनी मृत्युको प्रतिक्षामा वसेका हुन । यता अदालतले अन्तिम मौका दिदै उहालाई सन २०१८ को मे २५ भित्र पुनरावेदन गर्न फैसलामा उल्लेख गरेपनि रकम अभावमा उनी पुनरावेदन गर्न समेत असमर्थ रहेका छन ।
यता दोहा स्थित नेपाली राजदुतावासले कन्सुलर सेवा विभागलाइ विभिन्न मितिमा उक्त मुद्दा सम्बन्धि पत्रहरु समेत पठाएको छ । सर्वोच्च अदालतमा पुनरावेदन गर्न परराष्ट्र मन्त्रालयलाई आवश्यक रकम जुटाउन पहल गरिदिन कन्सुलर सेवा विभागले आग्रह गरेको छ । सो आग्रहमा पहल गर्दै परराष्ट्र मन्त्रालयले वैदेशिक रोजगार प्रवद्र्धन वोर्डलाई २०७५।१।१४ मा पत्र काटेको छ । फैसला विरुद्ध पुनरावेदन गर्न अनुमानित कतारी ३० हजार रियाल लाग्ने छ ।
यसरी फसे अनिल ः
तिन वर्ष पहिले परिवारको आर्थिक अवस्था सुधार्न भनि विदेशिएका अनिल कतारको एन खालिद र अवु हमुरको विचमा पर्ने सव्जी मार्केक स्थित वि युनाईटेड कम्पनी( कार वास) मा कार्यरत थिए । गत वर्ष मृतकले उनलाई फोन गरेको र भेट्न वोलाएको तर फोन नउठेपछि एसएमएस गरेर वोलाएको अनिलले आफ्नो परिवारलाई वताएको छ । आफु सो स्थानमा पुग्दा कोहि नभेटेको र त्यहाबाट घर फर्कदा प्रहरी पहिले देखि नै आफ्नो कोठामा आफुलाई कुरेर वसेको र आफु कोठामा पुग्नासाथ पक्राउ गरेको उनले बताए । काम गर्दै गरेको वेला आफु सामान्य घाईते भएको र सोहि रगत कपडामा लागेकोमा प्रहरीले यो रगत मृतकको हो र तिमीले नै हत्या गरेका हौ भनि आफुलाई पक्रेको उहाको भनाई छ । तर आफुले वारम्वार आफु निर्दोष रहेको बताईरहेपनि त्यहा आफ्नो कुरा कसैले नसुनिदिएको उनले घरमा फोन गरेर बताए । 31184379_1858935407502805_1968380039_n
कतार स्थित तल्लो अदालतले उनलाई दोषी ठहर गरेको छ । फासीको सजाय दिएको वैदेशिक रोजगार प्रवद्र्धन वोर्डले जानकारी दिएको परिवारले जनाएको छ । कपडामा लागेको ब्लड मृतकको हो । चाकुमा कुनै केहि छैन ।
अनिलको परिवारको विचल्ली ः
अनिल चौधरीका वुवा औरही वजारमै ठेलामा मुरही र कचरी लगायतका नास्ता सामग्री वेचेर गुजारा गर्दै आएका छन । सानो पसल समेत थापेका उनका वुवा ठेलामा मुरही वेच्दा आमा उक्त पसलमा बस्छिन । दैनिक दुई छाक टार्न समेत धौ धौ पर्ने अनिलका वुवा र आमा छोराको अवस्था वुझेर झनै चिन्तित बनेका छन । एकमात्र सन्तानलाई मृत्युको मुखबाट बचाउन आफुहरुले भ्याउनेसम्मको प्रयासहरु गरिरहेका छन । चिनेजानेका विभिन्न नेता तथा सरकारी अधिकारी कहा धाउदा पनि अझै छोरा वाचेर आउने हुन वा होईनन उनीहरुलाई थाहा नभएपनि प्रयास भने जारी छ । आफ्नै घर र जग्गाको अभावमा उनीहरु भाडाको घरमा वसेका छन ।

अनिल चाैधरीका अामा वुवा

अनिल चाैधरीका अामा वुवा

घटना वारे बुझ्दै छौ ः राज्यमन्त्री कुशवाहा
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले अनिल चौधरीको घटना वारे बुझ्ने बताएका छन । उनले अनिलको हकमा उनी निर्दोष भए वचाउन प्रयास गर्ने छौ बताए । उनले मन्त्री तथा मुख्य मन्त्री ज्युसंग समेत यसवारे छलफल गर्ने र प्रदेश सरकारवाट हुन सक्ने सहयोग गर्ने बताए ।

Be the first to comment on "कतारमा मृत्यु कुर्दै महोत्तरीका अनिल,पुनरावेदन गर्न रकम अभाव"

Leave a comment

Your email address will not be published.

*