आज प्रदेश २ मा जुडशितलको सार्वजनिक विदा

रंजन भण्डारी
महोत्तरी, २ वैशाख ।
आज प्रदेश २ मा जुडशितलको सार्वजनिक विदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जनाएका छन । उनले वैशाख १ र २ गते दुई दिने विदा रहेको बताउदै व्यस्तताका कारण विदा सार्वजनिक गर्न नसकिएको भन्दै सोमवार मन्त्रीपरिषदवाट विदा स्विकृत गरि सवै कार्यालयलाई परिपत्र गर्ने बताए ।
मन्त्री यादवले यसै सुचनालाई तत्काल आधार मानी जुडशितल भव्यताका साथ मनाउन भने । साथै मन्त्री यादवले नया वर्ष २०७५ र जुडशितलको अवसरमा सम्पुर्ण प्रदेशवासी र देशवासीहरुमा शुभकामना समेत व्यक्त गरेका छन ।

Be the first to comment on "आज प्रदेश २ मा जुडशितलको सार्वजनिक विदा"

Leave a comment

Your email address will not be published.

*