महोत्तरीमा जनता आवासको काम कमसल,मेयरबाट रोक्का

30689249_980006458820448_3975091381768028160_n

रंजन भण्डारी
महोत्तरी,३० चैत्र ।
जिल्लाको भंगहा नगरपालिका वडा नं. ९ मा जनताको आवास कार्यक्रम अन्तगर्तत निर्माणाधिन १५ घरको काम कमसल देखेपछि नगरप्रमुख संजिव साहले काम रोक्न लगाएका छन । गरिव तथा विपन्न वर्गहरु दलित,मुस्हर लगायतको लागि बनिरहेको उक्त घरमा दुई र तिन नम्बरको ईटा प्रयोग भएको नगरप्रमुखले अनुगमनका क्रममा पाएपछि उहाले काम रोकाएका छन । 30689249_980006458820448_3975091381768028160_n
गत आर्थिक वर्षमा एक हजार परिवारको लागि घर निर्माण गरिनु पर्नेमा सोहि कार्यक्रमको अनुगमनमा नगरप्रमुख पुगेका थिए । उहाले कमसल घर निर्माण गरेर आर्थिक हिनामिना गर्न खोजेको शंदेहका कारण यस्तो ईस्टिमेट तथा अन्य कागजात भवन आवास कार्यालयसंग मांग गरेको र सो अध्ययन र छानविन पछि मात्र काम पुन सुचारु हुने प्रमुख साहले बताए । उहाले भंगहा नगरपालिकामा कमसल र गलत तरिकाबाट काम गर्नेहरुको लागि ठाउ नभएकोले जनता आवास वारे पुर्ण छानविन गरिने थपे ।
यता भवन आवासका ईन्जिनियर श्रवन यादवले एउटा घर निर्माणको लागि श्रमदान वाहेक तिनलाख ३२ हजार पाचसय रकम दिने गरेको र घर चाहिएकाहरुले नै उपभोक्रा समिति बनाएर श्रमदान समेत थपी घर बनाउनु पर्ने नियम रहेको बताए । उनले भवन कार्यालयले करारमा विभिन्न पदका कर्मचारीहरु राखि कार्य सुचारु गराएकोले कमसल सामग्री प्रयोग भएको हो भने कार्यालयले समेत छानविन गर्न सक्ने बताए ।

Be the first to comment on "महोत्तरीमा जनता आवासको काम कमसल,मेयरबाट रोक्का"

Leave a comment

Your email address will not be published.

*