प्रदेश प्रमुख द्वारा मिथिलाक सपुत राजा सल्हेश बिमोचित

BNT_0009

ब्रम्हानन्द ठाकुर
२९ चैत्र, सिरहा । सिरहाको लहानमा एक कार्यक्रमका बिच आज मिथिलाक सपुत राजा सल्हेश नामक पुस्तकको बिमोचन गरिएको छ ।BNT_0009

राम भरोस कापडि भ्रमरद्धारा लिखित सो पुस्तको प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बिमोचन गर्नुभएको छ । कार्यक्रममा राजा सल्हेशको ईतिहास रहेपनि हाल गौण अवस्थामा रहेकोले त्यस्ता ईतिहास र ऐतिहासिक वस्तु तथा स्थानहरुको सँरक्षण हुनुपर्नेमा प्रदेश प्रमुख कायस्थले जोड दिनुभएको छ ।BNT_0038

बिमोचन गरिएको पुस्तकको बिषयमा मित्र राष्ट्र भारतबाट अतिथिका रुपमा आउनुभएका चन्द्रेश, डा। महेन्द्र नारायण राम, डा। बुचरु पासवान लगायतले बिश्लेषण गर्नु भएको थियो । भोरको आयोजनामा आयोजित सो बिमोचन कार्यक्रममा प्रदेश नंं २ का प्रदेश सभाका साँसद शैलेन्द्र कुमार यादव, लहान उप महानगरपालिकाका उपमेयर सरियार चौधरी, पत्रकार महासँघका अध्यक्ष, भोरका अध्यक्ष राज कुमार महतो सहितको उपस्थिती रहेको थियो ।BNT_0108

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममो अध्यक्षता राम भरोस कापडि भ्रमरले गर्नुभएको थियो । त्यही कार्यक्रममा सल्हेश नामक फिल्म पनि छिटटै निर्माणका क्रममा रहेको जानकारी भोरका अध्यक्षले गराएका थिए ।

कार्यक्रम पश्चात प्रदेश प्रमुख कायस्थ सल्हेश स्थानमा बर्षमा एक पटक मात्र फुल्ने फूलको अवलोकन तथा दर्शनका लागि पुग्नुभएको थियो ।

Be the first to comment on "प्रदेश प्रमुख द्वारा मिथिलाक सपुत राजा सल्हेश बिमोचित"

Leave a comment

Your email address will not be published.

*