प्रदेश शिक्षित बनाउन सवैको साथ चाहियो ः मुख्यमन्त्री राउत

20180411_175228

रंजन भण्डारी
महोत्तरी,२९ चैत्र ।
प्रदेश २ का मुख्य मन्त्री लालवावु राउतले प्रदेश शिक्षित बनाउन सवैको साथ चाहिएको बताएका छन । जिल्लाको एकडारा गाउपालिका वडा नं. ४ हल्खोरीमा भएको फैजाने मुस्तफा समारोह(जल्सा)मा वोल्दै मुख्यमन्त्री राउतले प्रदेश २ मा मुस्लिमहरु शिक्षामा दलित भन्दा पनि पछाडी रहेकोले प्रदेश सरकारको प्राथमिकता मुस्लिम,दलित लगायतका सम्पुर्ण जातजाती र वर्णका जनतामा शिक्षाको समान पहुच रहेको बताए । 20180411_175228
उनले शिक्षा विना सफल्ता असम्भव भएको र आफु समेत साधारण परिवारमा जन्मेपनि शिक्षाकै कारण आज प्रदेशको मुख्यमन्त्री बन्न सकेकोले सफलता प्राप्त गर्न सवैले शिक्षालाई महत्व दिनु पर्ने बताए । जल्सामा आएका हजारौ मुस्लिम धर्मावलम्वीहरुलाई आफ्नो वालवालिकालाई नियमित विद्यालय पठाई शिक्षित बनाउन उहाले जोड दिए । 20180411_195809
मुख्यमन्त्री राउतले प्रदेश सरकारले प्रदेशको शिक्षा स्तर उकास्न कदमहरु चालिसकेको भएपनि यसलाइ सफल बनाउन जनताकै साथ र सहयोग चाहिने भएकोले आत्मा देखि नै शिक्षाको गरिराई,महत्व र त्यसको प्रभाव सवैले बुझ्न आग्रह गरे । अवको क्रान्ती प्रदेश २ शिक्षामा सवभन्दा अगाडी भन्ने नै रहेकोले शिक्षामा सवैभन्दा पिछडिएको मुस्लिम समुदाय अव शिक्षामा सवभन्दा अगाडी आएर देखाउनु पर्ने बताए । 20180411_182023
उनले अल्पशिक्षा हासिल गरि वा विना शिक्षा वा शिप नै वैदेशिक रोजगारीमा गएर यसै प्रदेशका सवैभन्दा वढी युवा ठगिने वा पैसा कमाउन असफल हुने समस्या समेत धेरै रहेकोले सके स्वदेशमै शिप सहितको रोजगार गर्न आग्रह गरे । अव प्रदेश सवै क्षेत्रमा कडा प्रतिश्पर्धामा आउन लागेकोले यहाको युवाले अव यहाकै विकासमा योगदान पुर्याउनु पर्ने भएकोले शिक्षा अनिवार्य सवैले लिनुपर्ने बताए ।

शिक्षामा विशेष जोड दिएका मुख्यमन्त्रीको सम्बोधनलाई समर्थन गर्दै प्रदेश सभा सदस्य रानी शर्मा तिवारी,माओावदी केन्द्रका जिल्ला समिति सदस्य तथा प्रतिनिधीसभा सदस्यका प्रत्याशी समेत रहेका मो.रजि हैदरले समेत वालवालिकालाई शिक्षित बनाउन सवै मुस्लिम समुदाय अगाडी बढ्नु पर्ने बताए । 20180411_203600
बुधवार अवेर साझ जलसा उदघाटन गर्न पुगेका मुख्यमन्त्रीलाई संघिय समाजवादी फोरम जिल्ला कार्यसमिति तथा जिल्ला अध्यक्ष राम नरेश राय यादवले जिल्लामा स्वागत गरेका थिए । जनकपुरबाट जनकपुर जलेश्वर हुलाकी सडक हुदै एकडारा गाउपालिका समारोह स्थलसम्म पुगेका मुख्यमन्त्रीलाई वाटोभरी पार्टी कार्यकर्ता तथा स्थानियहरुले अभिनन्दन गरेका थिए ।

Be the first to comment on "प्रदेश शिक्षित बनाउन सवैको साथ चाहियो ः मुख्यमन्त्री राउत"

Leave a comment

Your email address will not be published.

*