रंजन भण्डारी
महोत्तरी,२७ चैत्र ।
महोत्तरीमा २८ मिनेटको सरसफाईमा एक ट्याक्टर फोहोर संकलन भएको छ । सदरमुकाम जलेश्वर स्थित रामानन्द विश्वेश्वर महेन्द्र(राविम) क्याम्पसका छात्रछात्राले मंगलवार सो फोहोर संकलन गरेका हुन ।
नेपाललाई स्वच्छ,सफा र खुल्ला दिशामुक्त बनाउन सहयोगी भुमिका निभाउदै आएका शान्ति तथा विकासका लागि युवा संजाल(वाईएनपिडी) र आयोन नेपाल काठमाडौंको आयोजनामा जलेश्वर स्थित राविम क्याम्पसका छात्रछात्राहरुसंग सहकार्य गरि क्याम्पस हाता भित्र सरसफाई अभियान चलाइएको थियो ।
प्रदेश सभा सदस्य अभिराम शर्मा,जिल्ला समन्वय समिती संयोजक सुरेश प्रसाद सिंह तथा विश्व सरसफाई अभियानका नेपालका अभियन्ता विरेन्द्र पौडेल समेतले क्याम्पसका छात्र छात्राहरुलाई सरसफाईको महत्व सम्बन्धि २० मिनेटको कक्षा लिएर हौस्याएपछि छात्राछात्राहरुले उनीहरुसंगै एक ट्याक्टर फोहोर संकलन गर्न भ्याएका थिए । फोहोर संकलनमा जलेश्वर नगरपालिकाले समेत प्राविधिक सहयोग गरेको थियो ।
प्रदेश सभा सदस्य अभिराम शर्माले युवाहरुको जमातले चाहे भने सरसफाइ र खुल्ला दिशामुक्त अभियान कुनै ठुलो काम नहुने र युवा शक्तिले नै देश परिवर्तन गर्न सक्ने भएकोले सवै सरसफाईमा जुट्नु पर्ने बताएका थिए । यसतै जिल्ला समन्वय समिति संयोजक सुरेश प्रसाद सिंहले हामीले प्रत्यक्ष रुपमै विभिन्न माध्यमले फोहोर खाइरहेकोले सरसफाई अनिवार्य भएको र हामीले आफ्नै घर आंगन र व्यक्तिगत सफाईबाटै सुरुवात गुर्न पर्ने बताए ।
आयोन नेपाल काठमाडौंका सचिव सत्येन्द्र यादवको विशेष पहलमा क्याम्पसमा सो अभियान संचालन भएको थियो । लगतै शान्ति तथा विकासका लागि युव संजालको समन्वयमा संजालकै सभाकक्षमा उद्यमशिलता,रोजगार र सरसफाई विषयक युवाहरुको लागि परामर्श गोष्ठी समेतको आयोजना गरिएको थियो । राष्ट्रिय युवा परिषदको सहकार्य र जिल्ला युवा समितीको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विश्व सरसफाई अभियानका नेपालका अभियन्ता विरेन्द्र पौडेल र शान्ति तथा विकासका लागि युवा संजालका कार्यकारी निर्देशक सुरेश ठाकुरले उद्योग शिलता,रोजगार र सरसफाई विषयमा आफ्नो प्रस्तुतीकरण गरेका थिए ।
२८ मिनेटमा एक ट्याक्टर फोहोर संकलन(फोटो फिचर)

Be the first to comment on "२८ मिनेटमा एक ट्याक्टर फोहोर संकलन(फोटो फिचर)"