अनुसन्धानमा समय लाग्छ तर उन्मुक्ति मिल्दैनः प्रदेश प्रहरी प्रमुख कायस्त

20180330_162349

रंजन भण्डारी
महोत्तरी,चैत्र १७ गते ।
महोत्तरीमा एक वडा अध्यक्षले एक जोडी आरोपी भनिएका महिला र पुरुषलाई चरम यातना दिएको विषयमा प्रहरीले अभिव्यक्ति दिएको छ । प्रदेश २ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक विजयलाल कायस्तले सोन्मा गाउपालिका वडा नं. ७ सुन्दरपुरमा भएको घटनामा अपराधीले उन्मुक्ति नपाउनेमा विश्वस्त रह्न भनेका छन । उनले भिडियो सार्वजनिक भए देखि नै प्रहरी अनुसन्धान सुरु भईसकेको र दोषी जो कोहि देखिएपनि त्यसले उन्मुक्ति नपाउने बताएका छन । उनले अनुसन्धानले सत्यतथ्य वाहिर आउन केहि समय लाग्न सक्ने भएपनि दोषीले उन्मुक्ति नपाउनेमा ढुक्क हुन बताए । 20180330_162349
ईलाका प्रहरी कार्यालय गौशालाको भवन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि रहेका प्रमुख कायस्तले घटना वारे जिल्लाबाट थप व्यौरा समेत लिने जनाए । यातना मुद्दामा प्रहरीको प्रगती वारे संचारकर्मीहरुले सोधेको प्रश्नमा जवाफ दिदै उहाले सो बताएका थिए ।
सामाजिक संजालमा भाईरल भएको चरम यातनाको भिडियो उपर प्रहरीले चासो नदिएको भन्दै विभिन्न संचारमाध्यममा प्रहरीको सुस्तता वारे व्यापक चर्चा छ । यता उक्त घटनाका दोषी भनिएका वडा अध्यक्ष सम्पर्क विहिन छन भने घटना मिलाउन समेत प्रयासहरु भईरहेको स्थानियहरुको भनाई छ ।
नातामा जेठाजु बुहारी पर्ने ५५ वषिर्या महिला र ४५ वर्षिय पुरुषलाई अनैतिक सम्बन्ध राखेको भन्दै वडा कार्यालयको कार्यकक्ष भित्रै कोठा थुनेर चरम यातना दिइएको थियो ।

Be the first to comment on "अनुसन्धानमा समय लाग्छ तर उन्मुक्ति मिल्दैनः प्रदेश प्रहरी प्रमुख कायस्त"

Leave a comment

Your email address will not be published.

*