राज्यमन्त्रीले गरे परीक्षा अनुगमन

20180328_085516

रंजन भण्डारी
महोत्तरी,१४ चैत्र ।
चल्दै गरेको एसइई परीक्षामा व्यापक चिट चोरी हुन थालेको संचारमाध्यममा समाचार सम्प्रेशन हुन थालेपछि आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले परीक्षाको अनुगमन गरेका छन । संचारकर्मीलाई अनुगमनका क्रममा भेटदै राज्यमन्त्री कुशवाहाले तपाईको समाचार हेर्नासाथ आफु केन्द्रहरुको अनुगमनमा आईहालेको बताए । 20180328_085516

महोत्तरी क्षेत्र नं. ४ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भइ आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री भएका कुशवाहाले आफ्नै क्षेत्रको यस्तो समाचार आउदा खपिनसक्नु भएको र तत्कालै परीक्षाको अनुगमनमा आएको थप वताए । अनुगमनका क्रममा उहाले मा.वि. वखरीमा परीक्षा सन्तोषजनक नदेखिएको भन्दै केन्द्राध्यक्षलाई परीक्षा थप सुधार गर्न भनेका थिए । 20180328_095448
राज्यमन्त्री कुशवाहाले ल.च.मु.मा.वि. जलेश्वर,महेन्द्र आदर्श महिला माध्यमिक विद्यालय,मा.वि.वखरी र मा.वि. मनरा अनुगमन गरेका थिए ।
अनुगमनकै क्रममा नयाँपत्रिकासंग कुरा गर्दै राज्यमन्त्री कुशवाहाले विगतको वर्षहरु भन्दा परीक्षामा थोरै सुधार आएको र यो सकारात्मक कार्य भएको बताए । राज्यमन्त्री कुशवाहाले केन्द्र भित्रको माहौल राम्रो र शान्त भएको तथा थप अझै धेरै काम गर्न वाकि रहेको र राज्यले प्रदेशको शिक्षामा सुधार ल्याउन व्यापक कार्यहरु गर्ने प्रतिकृया दिए । उनले परीक्षामा थप कडाई गरिने र चिटचोरी लगायतको प्रथा अन्त गर्न सवैले सहयोग गर्नु पर्ने बताए । उहासंगै महोत्तरीका जिल्ला शिक्षा अधिकारी,सुरक्षा निकाय तथा संचारकर्मी समेत अनुगमनमा थिए ।20180328_085919

Be the first to comment on "राज्यमन्त्रीले गरे परीक्षा अनुगमन"

Leave a comment

Your email address will not be published.

*