मधेशी अनुहारका मुद्दा खेप्छन नेपाली अनुहारको सत्तामा वस्छ ः महन्थ ठाकुर

20180325_162354

रंजन भण्डारी
महोत्तरी,११ चैत्र ।20180325_162354
गत वर्ष भएको मधेश आन्दोलन र टिकापुर घटनामा रेशम चौधरी र अन्य सर्व साधारणलाई सरकारले जानी जानी मुछेको राजपाका केन्द्रिय संयोजक तथ महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य महन्थ ठाकुरले बताएका छन । उनले विभिन्न आन्दोलनमा वर्तमान प्रधानमन्त्री लगायतका देशका ठुला ठुला नेता जेल परेपनि उनीहरु सत्तामा रहेको तर मधेशका निर्दोष र निहत्था मधेशी तथा थारु जनतालाई सरकारले विभिन्न झुठा मुद्दामा फसाएर राखेको आरोप लगाएका छन ।
नेता ठाकुरले महोत्तरी मै भएको मधेश आन्दोलनलाई दवाउन सरकारले प्रपन्च रची दर्जनौ नेता तथा सर्वसाधारणलाई झुठा मुद्दामा फसाएर राखेको र हालसम्म समेत उनीहरु विस्थापित हुनु परेकोले सरकारले तत्काल यसवारे गम्भिर हुनु पर्ने बताए ।
उनले शसस्त्र प्रहरी असइ थमन वि.क. कै मुद्दामा तिनजनालाई सरकारले कारागारमा राखेकोमा केहि महिना पुर्व एकलाई धरौटीमा छाडिएपनि अझै दुईजना कारागारमै रहेकोमा उनीहरुको परिवार विचल्लीमा परेको बताए । नेता ठाकुरले प्रदेश सभा सदस्य अभिराम शर्मा र जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रलाई असई थमन वि.क.को मुद्दामा कारागार जिवन विताईरहेका दुवैजना पिडित परिवारको लागि सक्दो सहयोग गर्न भने ।
जलेश्वर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष राम रतन साहको गत महिना देहावसान भएकोमा उहाको आत्माको चिर शान्तिको लागि राखिएको श्रद्धान्जली सभा तथा जलेश्वरका उद्योगी व्यापारीहरुले नेता ठाकुरलाई समर्थन गरि उक्त क्षेत्रमा निर्वाचित हुन गरेको सहयोगको लागि व्यापारीहरुको सम्मानमा राखिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठाकुरले मधेश आन्दोलनको समय देखि हत्या,आगजनी तथा विभिन्न मुद्दा लगाएर सरकारले आन्दोलन दवाउन खोजेको बताउदै नेता ठाकुरले सोहि मुद्दाहरु वारे आफ्नो भनाई राखेका थिए ।
महोत्तरीमा आन्दोलनको समय देखि नै मुद्दा लगाईएका दर्जनौ सर्वसाधार अझै विस्तापित जिवन विताईरहेको,दुईजना अझै कारागारमा रहेकोले अधिकांश सर्वसाधारणको परिवार नै अझै पिडाबाट उन्मुक्ति पाउन नसकेको भन्दै नेता ठाकुरले सरकार प्रति आक्रोश पोखेका थिए ।

Be the first to comment on "मधेशी अनुहारका मुद्दा खेप्छन नेपाली अनुहारको सत्तामा वस्छ ः महन्थ ठाकुर"

Leave a comment

Your email address will not be published.

*