सुरक्षाकर्मीको सतर्कता वढेसंगै तस्करहरु रुट परिवर्तन गर्दै

शसस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मले पक्राउ गरेकोसामग्रीशसस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मले पक्राउ गरेकोसामग्री

रंजन भण्डारी
महोत्तरी,११ चैत्र ।

शसस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मले पक्राउ गरेकोसामग्री

शसस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मले पक्राउ गरेकोसामग्री

प्रदेश २ को राजधानी जनकपुरसंगै जोडिएको महोत्तरीमा सुरक्षानिकायले सिमाक्षेत्रमा सतर्कता वढाएसंगै तस्करहरुले रुट परिवर्तन गर्न थालेका छन । राजधानीको सुरक्षालाई मध्यनजर गर्दै सिमा क्षेत्रमा सुरक्षा निकायले सतर्कता वढाएपछि लाखौ मोल वरावरको तस्करीका सामग्री पक्राउ पर्न थालेपछि तस्करहरु तर्सिदै रुट परिवर्तन गर्न थालेका हुन ।
शनिवार मात्र शसस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मले मोटरसाईकल र खाद्यय वस्तु सहित दुईलाख वरावरको विभिन्न सामग्रीहरु चोरी निकासी गर्दैको अवस्थामा पक्राउ गरेको हो । गुल्मले चालु आर्थिक वर्षमा २५ लाख भन्दा वढीको तस्करीका सामग्री नियन्त्रणमा लिई भन्सार कार्यालयमा वुझाएको छ ।
यता जिल्लाको विभिन्न नाकाहरुमा सुरक्षा निकाय र भन्सार कार्यालय स्वयमले समेत राजश्व चुहावट नियन्त्रण गर्न गस्ती तथा सर्तकता वढाएसंगै तस्करहरुले रुट परिवर्तन गर्न थालेका छन । साविकमा तस्करहरुले प्रयोग गर्ने रुटहरु सुरक्षानिकायलाई जानकारी भैसकेको र उक्त रुटहरुमा निगरानी र भन्सार चुहावट नियन्त्रण गर्न सतर्कता वढाएपछि तस्करहरुले रुट परिवर्तन गर्न लागेको सुरक्षास्रोतले बताएको छ ।
जिल्लाको ३८ किलोमिटर सिमा भारतसंग खुल्ला रहेको र त्यसकै फाईदा उठाउदै तस्करहरुले दैनिक मालसामानहरु तस्करी गर्दा लाखौको राजश्व गुम्न थालेको र राजधानीको सुरक्षा कै कारण समेत सिमाक्षेत्रमा सुरक्षा सतर्कता वढाइएपछि राजश्व चुहावट गर्नेहरुलाई गार्हो हुन थालेपछि नया नया रुटको प्रयोग हुन थालेको सुरक्षा स्रोतको भनाई छ ।
खुल्ला सिमाले साना तथा ठुला व्यापारीहरु भन्सार नतिरी दैनिक लाखौ मोल वरावरको खाद्यय,रेडिमेड,स्पेयर पार्टस तथा अन्य विभिन्न सामग्रीहरु नेपाल भित्र्याउने गरेका छन ।
यता जलेश्वर भन्सार कार्यालय मलिवारका प्रमुख केशव भण्डारीले तस्करी नियन्त्रण गर्न आफुहरु लागि परेको र यस्मा सवै सुरक्षानिकायले साथ दिएको बताए । उनले राजश्व गुम्दा देश नै घाटामा जाने भएकोले यसलाई नियन्त्रण गर्न आवश्यक रहेकोले राजश्व तिरी मात्र सामानको निकासी पैठारी गर्न आग्रह गरे ।

Be the first to comment on "सुरक्षाकर्मीको सतर्कता वढेसंगै तस्करहरु रुट परिवर्तन गर्दै"

Leave a comment

Your email address will not be published.

*