जव रेशम चौधरीलाई भेटे

Sanjay Yadav (2)

Sanjay Yadav (2)संजय यादव

प्रदेश नं. २ संयोजक
तराई मानव अधिकार रक्षक संजाल

 
आज भन्दा २ बर्ष अगाडी दिल्लीको आंनदबिहार बस स्टोपमा रेशम चौधरी संग मेरो भेट अचानक भएको थियो त्यती बेला म यूनाइटेड मधेशीज अफ नेपाल को अध्यक्षको रुपमा दिल्लीमा रहेका नेपालीहरुको हितका लागी काम गरीरहेको थिए ।

थारु आन्दोलनका क्रममा टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्तको रुपमा राज्यले रेशम चौधरीलाई घोषणा गरीसके पनि रेशम चौधरी भने पटक पटक आफुलाई निर्देष भन्दै आएका छन् ।घटनाको बेला आफु कैलालीमा नरहेको कुरा वहाँ दाबी गर्नुहुन्छ। चौधरी भन्नुहुन्छ थारु समुदायमाथिको ज्यादती कसैले देखेको छैन्।
फरार रहेकै अवस्थामा चुनाव लडेका चौधरी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । राजपाबाट उम्मेदवार बनेका उनी झण्डै २१ हजार मतान्तरले विजयी बनेका थिए । चौधरी ३४ हजार ३४१ मत पाउँदा निकटतम प्रतिस्पर्धी वाम गठबन्धकी गरिमा शाहले १३ हजार ४०६ र कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २०३ मत पाएकी थिइन् ।
घटनाको मुख्य योजनाकार भएको दाबी गर्दै चौधरीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दा परेको छ । चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।
फरार रहेकै बेला भारत भ्रमणमा रहेका तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि उनी चर्चामा आए । पछिल्लो पटक सरकारबाट उनले डेढ करोड बढी क्षतिपूर्ति पनि पाएका छन् ।
अदालतबाट न्याय पाउने आशका साथ चौधरीले पछि आएर कानुनको पूर्ण सम्मान गर्दे अदालतसामू आत्मसमर्पण पनि गरे ।त्यस लगतै न्यायाधीश परशुराम भट्टराईको इजलासले भएको बयानमा चौधरीले आफूमाथि लागेको अभियोग अस्वीकार गरेका थिए ।
कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि चौधरीलाई थुनामा पठाएको थियो त्यसक्रममा चौधरीले आफूलाई निर्वा्चित भएको प्रमाणपत्र दिनुपर्ने, सपथ खान पाउनुपर्ने, टीकापुर घटनाका २६ जना आरोपीलाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने लगायतका माग राखेर अनशन बसेका थिए ।करीब ८ दिनसम्म वहाँ यीनै मागहरु राख्दै अनसन बसे ।
तर, सत्ता र भत्ताको खेलमा कसको के जान्छ र ,अझ त्यसमा पनि नेपालको कानुन ।जब हाम्रो न्यायालयनै सत्ताहावी छ भने एउटा निर्देष व्यक्ति पनि दोषी ठहर हुन र गुनेहगार खुलेआम घुमन बेर लाग्दैन ।
अनशनरत रहदाँ वहाँको मागहरु पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दे गृहमंत्री रामबहादुर थापा बादलले बीर अस्पताल गई वहालाई जुस खुवाई अनसन तोडाउनु भयो ।राज्यबाट सम्मानीत,पुरस्कृत भएको व्यक्तिले जब न्यायालयबाट न्याय पाउँन सकेन भने अरुले के पाउँला ।
राज्यले भले ही चौधरीलाई देश द्रोही किन न बनावोस् तर म दिल्लीमा रहदाँ जुन चौधरी संग भेटेको थिए त्यो भेट मेरो लागी अबिसर्मनीय छ अहिले पनि मलाई याद छ त्यो दिन आफ्नो अगाडी खानाको थाल हुदाँ हुदै पनि त्यो खाना को थाल आशु नै आशुले भरीएको ।
तर मैले आज पनि त्यो सोचदा मेरो आँखाबाट आशुलहरा बगछ अनि महशुस हुन्छ सत्ता,शक्ति र पैसाको अगाडी कसैको केही चल्दैन ।केही कै भेटमा चौधरी संगको आत्मीयताको सिमा छैन ।र अर्को के पनि लाग्छ भने आज चौधरी थारु समुदायबाट भएको हुनाले पनि राज्यबाट निर्दोष साबित हुन सकेने कि ।
एउटा गम्छाले मुख छोपेको मान्छे जो दिल्लीको आनन्दविहार बस अड्डामा भेटेका थिए जसलाई राज्यले फरार सुचिमा राखेका थिये । सुरुमा वँहा म सँग डराउदै भेट्नु भयो बिस्तारै बिस्तारै परिचयपत्र भए पछि, वहा मेरे लक्ष्मीनगर को डेरा मा आउनु भयो। वँहा माथि लगाइएको झुठो आरोप को बारेमा खाना खाँदै खाँदै सुनाउनु भयो ।
खाँना खाँइ सके पछाडी वहाँले म सँग हात जोडेर भनेको कुरा म कहिलै बिर्सीन सक्दिन ।वहाँले मलाई भन्नुभयो “संजय जी तपाईलाई ह्दय देखि धन्यवाद छ धेरै दिन पछी यति मिठो खाना खान नसिब भएको छ ।त्यो रात वहाँ म सँग लक्ष्मीनगरमा नै बस्नुभयो र वहाँको व्यथा सुनेर रात भरी निन्द्रा लागेन रात भरी गफ गरेर बस्यौँ ।
हाम्रो राज्यबाट मधेशी ,थारु लगायत सिमान्तकृत समुदायालाई गरीने व्यवहार र अवस्था बारे कुराकाकनी गरौँ रात बित्यो ।
तर ,त्यो एक रातले मैले मधेश ,मधेशी ,थारु लगायत सिमान्तकृत वर्गको लागी केही गर्ने सोचलाई पथ उर्जा प्रदान गर्यो र त्यो भन्दा कयौँ गुणा चौधरी सँग देशले गरेको र्दुव्यवहारले वहाँ सँग मिलेर केही गर्ने प्ररणा मिल्यो मलाई ।
त्यतीबेला चौधरीको आँखाबाट झरेको आशु मलाई रगत बगेको जस्तो लाग्यो ।
चैधरीले भन्नुभयो “ म बर्बाद भए मेरो सब थोक जलाइयो , जुन देशले मलाई सम्मानका पुरस्कृत गर्यो आज त्यहीबाट तिरस्कार पाएँ न्याय पाइएन ।आज म आफै देश ठाँउ गाँउमा एकलो महशुस गरीरहेको छु।
मैले गाएको राष्ट्रिय गीतको केहि महत्व रहे न मलाई मेरो अफ्नै जनताको समू सरकारले देश द्रोही बनाई दिए ।यो भन्दा लजास्पद कुरा मेरो लागि केही हुन सक्दैन। राष्ट्रको लागि केही गर्ने व्यक्तिलाई देश द्रोही बनाएर मलाई देशले मरे तुल्य बनाएको छ मलाई।
घटनास्थलमा नै उपस्थित न भएको मान्छे लाई जबजस्ती फसाइयो ।मैले देशको लागी केही अठोटलको मान्छे तर यहाँ त काम गर्ने भन्दा पनि ब्रिफकेस खाने मान्छेहरुको बढी बहुल्यता छ ।मैले त बस परिवर्तन चाहेको छु। म चाहन्छु मेरो देश एउटा रंगीबीरंगी फुलवारी बनोस् जहाँ सबको बर्चस्व र महत्व कायम होस् । यो देश मधेशी थारु जनजातिको पनि उतिकै हो जति अरुको ।
प्छि त यस्तो भयो कि हाम्रो भेट , हाम्रो कुरा सिमंतकृत समुदाय, देश विकास र युवाको एकतामा नै केन्द्रित हुन्थ्यो । सिमंग्कृत समुदायले आफ्नो हक ,अधिकार को लागि अझ पनि लड्न बाँकी नै छ भन्नु हुन्थ्यो , वहाँले भन्नुभयो “ मधेशीहरु आफ्नो समुदायको अधिकारको लागि आवाज उठाउने भइसकेका छन उनीहरुलाई थाहा भइसकेको छ हामीले आफ्नो अधिकार स्थापित गर्ने बेला आईसकेको छ तर थारुमा अहिले पनि जनाचेतनाको छ ।
जनजाती र अरु अल्पसंख्याक लाई पनि यो देशका केहि सत्ताधारीहरुले झुठो आश्वासन र चर्खो राष्ट्रिय को नारा दि घुमाई रहेका छन , उनिहरु पनि एकदिन आफ्नो अधिकार खोजकोलागी लडे्नछन ।
त्यसबेला मैले वहाँलाई हौसला दिए र आफू दोषी हैन भन्ने कुरा साबित गर्नको लागि लागीपर्ने सल्लाह दिए ।राज्यले सुरुमा वहाँलाई दिइएको सम्मान फेरी त्यही राज्यबाट पाउँन वहाँ लाई आग्रह गरे।
यदी कोइ निर्देष छ भने पैसाले मुख कति दिन बन्द हुन्छ लागिपर्यो भने एक न एक दिन सत्यता सबैको सामुने आँउछ नै ।
त्यसै क्रम मैले वहाँलाई फेसबुक अक्कौन्ट खल्न आग्रह गरे र खोलिपनि दिए त्यस पछि वहाँ लाई फेसबुक मार्फत जनता समक्ष आफनो कुराहरु राख्न सल्ला सुझाव दिए किनभने जनतालाई अहिले पनि वहाँको सत्यताबाट टाढा राखिएको छ ।
हामो बीच धेरै भावनात्मक कुराहरु पनि भयो त्यो बेला मैले दाई भनेर चौधरीलाई सम्बोधन गर्थे ।वहाले मलाई दिल्लीमा बसोबास गरीरहेको नेपालीहरुको अभिभावकका ेसंज्ञा दिनु भयो ।
मलाई बारम बार तपाई मेरो सब भन्दा नजदिक को मान्छे भनेर भन्नु हुन्थयो ।दिल्ली आउँदा जादा भाडा नहुदा हामी बिद्यार्थीहरु चन्दा उठाएर वहाँ लाई आउँनेजाने खर्चउपलब्ध गराईदिन्थे ।पर्वसमा बस्दा वहाँले लेखेको चिरफार पुस्तकमा पनि एउटा समाजसेवी ,संचारकर्मी देखी दोषी करार गरीएको कुरा उपलब्ध छ ।
मैलेभन्नु पर्दा मैले एउटा निर्देष ,राज्यबाट पिडित ,राज्यको न्यायालयको न्याय पाउँन बाट बञ्चित आखामा आसु भएको न्याय न पाएका रेशम चौधरी लाई देखेका छु! आफ्नै देश बात पिडित र झुठा मुद्दा मा पÞmसैएयेका रेशम चौधै देखेका हु ! परवासमा पनि बस्दा आफ्नो देशको धेरै चिन्ता र माया भएको रेशम चौधरी लाई देखेका हु ! आफ्द्नो बच्चा र स्वास्नीलाई हेर्न तर्सेको रेशम चौधरीलाई हेरका हु ! आफ्नोछोराको साइकल को लागि पैसा न भएको रेशम चौधरी लाई हेरेको हु! कतई आउन जान भाडा न भएको र चन्दा मा बाचेको रेशम चौधरी लाई देखेको छु ! परवास मा जीवन जीउका चलाउन मो मो बेचेको रेशम चौधरी लाई हेरेको हो म ! परवास मा बसे पनि आफ्नै देख को माया लागेको रेशम चौधरी लाई हेरेको हु म ! म एउटा न्याय नपाएका रेशम चौधरी लाई हेरेको हु !

कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । रेशमले टीकापुर घटनामा आफ्नो संलग्नता नरहेको र आफू निर्दोष रहेको दावी गरेका छन् । टीकापुर घटनाको दिन आफू बर्दियामा रहेको भन्दै उनले आफू निर्दोष रहेको बताउँदै आफ्नो कल डिटेल हेर्न आग्रह गरेका

Be the first to comment on "जव रेशम चौधरीलाई भेटे"

Leave a comment

Your email address will not be published.

*