रौजा मजार स्थित पसलहरुमा आगलागी लाखौको क्षति,एक घाईते (फोटो सहित)

20180324_110926

रंजन भण्डारी
महोत्तरी,१० चैत्र ।20180324_110901
महोत्तरीको सिद्धस्त एवं मुस्लिम समुदायको धार्मिक आस्थाको मुख्य केन्द्रको रुपमा रहेको बल्वा नगरापलिका वडा नं. ११ स्थित रौजा मजारको छेउ मै रहेको १७ पसल टहराहरुमा आगलागी भएको छ । शुक्रवार राती ११ः३० मा भएको उक्त आगलागीमा अस्थाई टहराहरुसंगै सो टहराहरुमा वेच्नलाइृ राखेको लाखौ मोल बरावरको खाद्यय,प्रसाद,अत्तर,सेन्ट लगायतका सामग्रीहरु जलेर नष्ट भएको छ ।
आगलागीमा भएको भगदडमा एक महिला समेत घाईते भएको र उनको उपचार अन्चल अस्पताल जनकपुरमा भईरहेको समितिले बतायो । यता आफ्नो पसल टहराहरु खरानीमा परिणत भई सखाप भएपछि १७ पसलधनीहरुको विजोग छ । 20180324_142834
यता आगलागी स्थानिय केहि व्यक्तिहरुले गराएको रौजा मजार सरिफ विकास समितिको आरोप छ । समितिका पुर्व उपाध्यक्ष शेष उसमानले मजारको स्वागतद्वार र जग्गा विषयमा स्थानिय केहि व्यक्तिहरुसंग विवाद चलिरहेको र अदालतमा मुद्दा समेत चलिरहेको र उनीहरुले धम्की समेत दिएकोले तिनै व्यक्तिहरुले आगलागी गराएको आरोप लगाए । समितिले ७ जना आरोपीहरुको नाम समेत प्रहरीलाई वुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायत स्वयमले घटना स्थल अवलोकन गरि आगलागीका पिडितहरुलाई सान्त्वना दिएका छन । उनले घटनाको सत्य तथ्य पत्ता लगाउने र दोषी जो कोहि भए कानुन वमोजिम कार्यवाही गरिने बताए ।20180324_133848 यहि आउदो मंगलवार देखि तिन दिने वार्षिक जलसा (मेला) लाग्ने र सो जलसा हेर्न लाखौको संख्यामा मुस्लिम र हिन्दु समुदायका भक्तहरु आउने भएकोले सो जलसा लक्षित गर्दै आगलागी पिडित पसलेहरुले लाखौ मोल वरावरको सामग्रीहरु वेच्नलाई ल्याएका थिए । 20180324_142331
20180324_110532 20180324_110650 20180324_110926 20180324_111137

Be the first to comment on "रौजा मजार स्थित पसलहरुमा आगलागी लाखौको क्षति,एक घाईते (फोटो सहित)"

Leave a comment

Your email address will not be published.

*