शिक्षा प्रणालीमा विस्तारै सुधार आउने ः मन्त्री पोखरेल

बर्दिबास स्थित जनता मा . बि . मा एसइई परिक्षा अनुगमन गर्दै सिक्षा मन्त्रि गिरिराजमणि पोखरेल .बर्दिबास स्थित जनता मा . बि . मा एसइई परिक्षा अनुगमन गर्दै सिक्षा मन्त्रि गिरिराजमणि पोखरेल .

रंजन भण्डारी
महोत्तरी,९ चैत्र ।

बर्दिबास स्थित जनता मा . बि . मा एसइई परिक्षा अनुगमन गर्दै सिक्षा मन्त्रि गिरिराजमणि पोखरेल .

बर्दिबास स्थित जनता मा . बि . मा एसइई परिक्षा अनुगमन गर्दै सिक्षा मन्त्रि गिरिराजमणि पोखरेल .

शिक्षा तथा विज्ञान प्रविधी मन्त्री गिरिराज मणि पोखरेलले वर्षौ देखिको विग्रिएको महोत्तरी लगायत प्रदेश २ कै शिक्षा प्रणालीमा क्रमिक रुपमा सुधार आउने विश्वास व्यक्त गरेका छन । शुक्रवार बर्दिवास नगरपालिका र भंगहा नगरपालिका स्थित एसइई परीक्षा केन्द्रहरु भ्रमण पश्चात काठमाडौं फर्केका मन्त्री पोखरेलले मधेश वालविवाह,चिटचोरी,दहेज र अन्धविश्वासले धेरै समय देखि जक्रिएकोले यसवाट वाहिर आउन केहि समय लाग्ने बताए ।
उनले विगतको वर्षहरु भन्दा अहिले परीक्षामा निक्कै सुधार आएपनि यसमा अझै सुधारको आवश्यक्ता रहेको र चिटचोरीकै मामिलामा परीक्षार्थीलाई निस्कासन समस्याको समाधान नभएकोले समस्या समाधानको लागि शिक्षा प्रणालीमा व्यापक फेरवदल र सुधार गरि मजवुत आधार बनाईने उहाले बताए । मन्त्री पोखरेलले महोत्तरीको शिक्षा स्तर सुधार्न विभिन्न अभियान चलाई यहाको शिक्षा प्रणालीलाई मजवुत बनाउन तिर ध्यान दिईने बताए । आगामी साता आफुले सार्वजनिक गर्न लागेको रोडम्यापले महोत्तरी लगायत प्रदेश र देशकै शिक्षा प्रणालीलाई प्रभावित गर्ने र आगामी दिनमा अन्य विकसित देशका छात्रछात्रासंग तुल्नागर्न सक्ने सक्षम विद्यार्थी निर्माण हुनेमा आशा व्यक्त गरे ।
मन्त्री पोखरेल विहिवार नै महोत्तरी आएर जिल्ला शिक्षा कार्यालय,प्रजिअ तथा अन्य अधिकारीहरुसंग विभिन्न विषयमा छलफल गरि शुक्रवार परीक्षा केन्द्रको भ्रमण गरेका थिए । उहाले भ्रमणको समय राजनितिक र सार्वजनिक भेटघाट समेत गरेका थिए ।
एसइई परीक्षामा २८७ परीक्षार्थी अनुपस्ति

20180322_092144
देशै भर चल्दै गरेको एसइई परीक्षाको दोस्रो दिनको नेपाली विषयको परीक्षामा २८७ परीक्षार्थी अनुपस्थित देखिएका छन । नियमित तर्फ ३६०८ छात्र र ३२४१ छात्रा गरि कुल ६८४९ परीक्षार्थी रहेकोमा सो मध्ये ९७ छात्र,९२ छात्रा अनुपस्थित देखिए । यता प्राविधिक धार तर्फ १९२ छात्र र ८९ छात्रा गरि कुल २८१ विद्यार्थी रहेकोमा सो मध्ये ३ छात्र र १ छात्रा अनुपस्थित देखिए ।
त्यसतै एक्जाम्टेड तर्फ २०७ छात्र र ४०२ छात्रा परीक्षा दिनु पर्नेमा सो मध्ये ३७ छात्र र ५७ छात्रा गरि ९४ परीक्षार्थी अनुपस्थित रहेको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीमा कुल आठ हजार २६ परीक्षार्थीले एसइईको परीक्षा दिदैछन ।
कारागारमा दुई कैदी परीक्षा दिदै
जलेश्वर कारागाममा पुर्पक्षका लागि रहेका दुईजना परीक्षार्थी परीक्षामा सहभागी भएका छन । लागु औषध मुद्दामा एक र ज्यान मार्ने उद्योगमा एक गरि दुईजना पुर्पक्षको लागि थुनामा छन ।
रोकिएन चिटचोरी ः

भ्रमरपुरा स्थित परीक्षा केन्द्र मा चित पुर्याउदै

भ्रमरपुरा स्थित परीक्षा केन्द्र मा चित पुर्याउदै

महोत्तरीमा दोस्रो दिनको परीक्षामा समेत चिट चोरीमा नियन्त्रण हुन सकेको छैन । पहिलो दिनको परीक्षा अमर्यादित भएको समाचारहरु सम्प्रेषण भएपनि सरोकारवाला निकायहरु गम्भिर हुन नसक्दा चिटचोरी लगायतको समस्या यथावत छ । नयाँपत्रिकाले गरेको परीक्षा केन्द्रहरुको अवलोकनमा केहि केन्द्रहरुको भित्री र वाहिर समेत निर्वाधरुपमा चिट चोरी भएको देखिएको छ । यता सरोकारवाला निकायहरु परीक्षामा सुधार आईरहेको बताउछन ।

Be the first to comment on "शिक्षा प्रणालीमा विस्तारै सुधार आउने ः मन्त्री पोखरेल"

Leave a comment

Your email address will not be published.

*