शिक्षा मन्त्रीले शुक्रवार महोत्तरीका केन्द्रहरु अनुगमन गर्ने (फोटो फिचर)

20180322_082136

रंजन भण्डारी
महोत्तरी,८ चैत्र ।
विहिवार देखि संचालनमा आएको एसइई परीक्षामा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले महोत्तरीका केन्द्रहरु अनुगमन गर्ने भएका छन । विहिवार संचालन भएको परीक्षाको अवस्था वुझ्न उनी चौथो जिल्लाको रुपमा महोत्तरीका केन्द्रहरुको अनुगमन गर्दै छन । 20180322_171353
महोत्तरीमा शिक्षाको अवस्था र त्यसमा सुधार गर्न सकिने पक्षहरु वारे गहन अध्ययन आवश्यक रहेको तथा अर्को साता आफुले सार्वजनिक गर्न लागेको आफ्नो रोडम्यापको लागि समेत आफ्नो अनुगमनलाई निरन्तरता दिएको मन्त्री पोखरेलले बताए । उनले शुक्रवारमात्र महोत्तरीका केन्द्रहरु अनुगमन पश्चात महोत्तरीको शिक्षा र परीक्षाको अवस्था वारे विस्तृत बताउन सकिने बताए । 20180322_175146
यता महोत्तरीमा १०५ विद्यालयका परीक्षार्थीहरुले २९ परीक्षा केन्द्रवाट आज पहिलो दिनको अंग्रेजी विषयको परीक्षा दिएका छन ।
गत वर्षको परीक्षामा २५३ परीक्षार्थी निस्कासित भएपनि यसपाली भने परीक्षाको पहिलो दिन एकजना पनि परीक्षार्थी निस्कासित भएनन । तथापी पहिलो दिनको परीक्षामा ३ थान मोवाईल र केहि थान गाईड तथा गेसपेपरहरु अनुगमनको क्रममा अनुगमन टोलीले जफत गर्यो । परीक्षा विगत भन्दा मर्यादित र शान्त भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी बावुराम श्रेष्ठले प्रतिकृया दिए । 20180322_082136
नियमित तर्फ ७ हजार ३ सय २१ र एक्जाम्टेड तर्फ ७०२ गरि कुल ८ हजार २३ परीक्षार्थी यसपाली महोत्तरीबाट सहभागी भएका छन ।२९ केन्द्रको लागि २९ केन्द्राध्यक्ष,३८ सहायक केन्द्राध्यक्ष,३३५ निरिक्षक र १७६ सहयोगी परीक्षामा खटिएका हुन । साथै हरेक केन्द्रमा १५ जना सुरक्षाकर्मी समेत खटेका छन ।
यस्तो छ परीक्षाको अवस्था ः
परीक्षा केन्द्रहरुको मुल गेटमै परीक्षार्थीहरुको खान तलासी गर्ने र हल भित्र चिट,गाईड र गेसपेपरहरु छिर्न नदिन सुरक्षाकर्मीको रोहवरमा शिक्षक वा केन्द्रमै खटिएकाहरुले चेकजाच गर्ने गरेपनि पहिलो दिनको परीक्षामा एक थान गेस पेपर समेत मुल गेटमा जाच गर्नेले निकाल्न सकेन । नाम मात्रको चेकजाच गरेकै कारण परीक्षार्थीहरुले निर्धक्कसंग हलभित्र आफुलाई चाहिने चिट,गेसपेपरहरु भित्रै छिराएको प्रत्यक्षदर्शीहरुको भनाई छ । अनुगमनका क्रममा महोत्तरीका प्रहरी प्रमुख एसपी कुवेर कडायतले केहि थान चिट,गेसपेपरहरु जफत गरे ।
यता अनुगमन टोली नपुगको र पुगेर फर्किसकेको केन्द्रहरुमा वाहिरवाट समेत चिटहरु पुर्याउने कार्य निर्वाधरुपमा भएपनि सुरक्षाकर्मीले खासै चासो नलिएको नाम नखुलाउने सर्तमा एक प्रत्यक्षदर्शीले बताए । उनले केहि केन्द्रहरु दुई देखि ४ लाखमै विक्री भएको समेत थपे ।
अभिभावकको आफ्नै गुनासो
जिल्लाकै एक परीक्षा केन्द्रमा आफ्नो छोरीलाई परीक्षामा सहयोग गर्न पुगेका एक अभिभावकले वर्षभरि विद्यालयले नपढाईदिदा वाध्य भएर छोरीलाई परीक्षामा सहयोग गर्न आएको वताए । उनले वेला वेलामा विद्यालय पुगेरै वच्चाहरुको पढाई नभएको जानकारी गराउदा समेत वेवास्ता गरिएको वताए । 20180322_090156
यस्तो छ जिशिकाको भनाई
जिल्लामा रहेको ८६ सामुदायिक माध्यमिक विद्यालयहरु मा शिक्षकको न्युनतम संख्या ४२५ हुनु पर्नेमा २०७ स्थायी र ६५ राहत गरि कुल २७२ माध्यमिक शिक्षक मात्र रहेको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ । विद्यालयहरुमा भएको शिक्षकहरुसंग नै पठन पाठनलाई निरन्तरता दिइएको,वेला वेलामा अनुगमन तथा विद्यालयहरुसंग प्रतिवद्धता समेत लिईएको र एसइई परीक्षा लक्षित गर्दै प्रत्येक विद्यालयमा कोचिंग कक्षा समेत संचालन गरिएकोले पढाई स्तरिय नभएकोले परीक्षा अमर्यादित भएको भन्न नसकिने जिशिअ ठुलोवावु दाहालले बताए । उनले परीक्षामा अपेक्षाकृत सुधार आईरहेको थपे ।

परिक्षा को थप केहि फोटो हरु 

20180322_085110 IMG-20180322-WA0003 IMG-20180322-WA0004 IMG-20180322-WA0005 IMG-20180322-WA0006 IMG-20180322-WA0007

यस्तो थियो परिक्षा समिति को सुचना 

see suchna1

Be the first to comment on "शिक्षा मन्त्रीले शुक्रवार महोत्तरीका केन्द्रहरु अनुगमन गर्ने (फोटो फिचर)"

Leave a comment

Your email address will not be published.

*