वालक हत्यारालाई आजिवन कारावास

हत्या गरिएका बालक जेनिशहत्या गरिएका बालक जेनिश

रंजन भण्डारी
महोत्तरी,चैत्र ७ गते ।
८ वर्षिय वालकको अपहरण गरि हत्या गरेका तिनजनालाई जिल्ला अदालत महोत्तरीले आजिवन कारावासको फैसला सुनाएको छ ।

बालक हत्या का अभियुक्तहरु

बालक हत्या का अभियुक्तहरु

जिल्ला अदालतको ३ नं. वेन्चका न्यायाधिश शुभाष वावु पुरीको एकल ईजलासले अभियुक्तहरु साविक भटौलिया गाविस वडा नं. ३ का १९ वर्षिय गोला भन्ने अनिस कुमार साह,वडा नं. २ वस्ने २२ वर्षिय सुधिर कुमार साह र वडा नं. १ वस्ने १९ वर्षिय सुखरा भन्ने साविर अन्सारीलाइ कर्तव्यज्यान मुद्दामा जन्मकैद(१८ वर्ष) र अपहरण एवं वन्धक मुद्दामा जनही ११ वर्ष र ५० हजार जरिवाना फैसला गरेको हो ।                   20180320_123230
उनीहरुले पुर्पक्षको लागि कारागारमा विताएको समयावधी कटाएर वाकि सजाय पाउने छन । जिल्ला अदालतका श्रेष्तादार÷उपसचिव रामानन्द प्रसाद अधिकारीले २०७२ माघ २४ गते परेको जाहेरीको आधारमा २०७४ चैत्र ४ गते अदालतले फैसला सुनाएको बताए ।
यसरी भएको थियो जेनिसको हत्या ः

हत्या गरिएका बालक जेनिश

हत्या गरिएका बालक जेनिश

मिति २०७२ साल पुष २६ गते आईतवार साझ अपहरणमा परेका भटौलिया २ निवासी रविन्द्र महासेठका ८ वर्षिय छोरा जेनिस भनिने चिरञ्जीवी महासेठ को लास मंगलवार विहान २ बजे खोजतलासको क्रममा एकडारा बेला गाविस वडा नंं ७ स्थित रुप नारायण साहको गहुँ खेतको आली छेउमा गाडिएको अवस्थामा फेला परेको थियो । वालक भटौलिया ८ स्थित अमर ज्ञान ई.बो.स्कुलको एलकेजी मा अध्ययनरत थिए ।
मेलामा नाच ल्याउन नदिएको झोकमा वालकको हत्या ः
गाउमा लागेको झण्डा मेलाको अध्यक्ष मृतक वालकका पिता रविन्द्र महासेठ थिए । उनले मेलामा केटि नचाउनु हुदैन भन्दै आएका थिए । सोहि झोकमा अभियुक्त युवाहरुले मेलाका अध्यक्ष महासेठको एकमात्र छोराको अपहरण गरि नाक,मुख र घाटी थिची हत्या गरेका थिए ।

Be the first to comment on "वालक हत्यारालाई आजिवन कारावास"

Leave a comment

Your email address will not be published.

*