महोत्तरीमा एसइई परीक्षाको तयारी पुरा,परीक्षा मर्यादित बनाईने ः जिशिअ

जिल्ला शिक्षा कार्यालय महोत्तरी  भवनजिल्ला शिक्षा कार्यालय महोत्तरी भवन

रंजन भण्डारी
महोत्तरी,६ चैत्र ।
महोत्तरीमा एसइई परीक्षाको तयारी पुरा भएको छ । नियमित तर्फ ७ हजार ३ सय २१ र एक्जाम्टेड तर्फ ७०२ गरि कुल ८ हजार २३ परीक्षार्थी यसपाली महोत्तरीबाट सहभागी हुदैछन । ८६ सामुदायिक विद्यालय र १९ संस्थागत गरि १०५ विद्यालय एसइई परीक्षामा सहभागी भएकोमा २९ परीक्षा केन्द्रवाट यसपाली परीक्षार्थीले परीक्षा दिने भएका छन ।

जिल्ला शिक्षा कार्यालय महोत्तरी  भवन

जिल्ला शिक्षा कार्यालय महोत्तरी भवन

यता परीक्षाको सवै तयारी पुरा भइसकेको र परीक्षाको लागि आवश्यक मसलन्द,उत्तर पुस्तिका र प्रश्नपत्र समेत पठाईसकिएको जिल्ला शिक्षा अधिकारी ठुलोवावु दाहालले बताए । उनले आईतवार केन्द्राध्यक्षहरुलाई जलेश्वर स्थित स्रोत केन्द्रमै एक कार्यक्रम गरि परीक्षा सम्बन्धि निर्देशन समेत दिईसकिएको बताए । २९ केन्द्रको लागि २९ केन्द्राध्यक्ष,३८ सहायक केन्द्राध्यक्ष,३३५ निरिक्षक र १७६ सहयोगी खटिने उहाले बताए । साथै हरेक केन्द्रमा १५ जना सुरक्षाकर्मी खटिईने उहाले बताए ।
यसपाली २५ विद्यार्थी वरावर एक निरिक्षक र तिनसय भन्दा वढी विद्यार्थी भएको केन्द्रमा दुई केन्द्राध्यक्ष राखिएको छ ।
परीक्षा मर्यादित बनाईने ः
जिशिअ दाहालले गत वर्षहरुमा महोत्तरीमा देखिएको व्यापक चिटचोरीलाई निरुत्साहित गर्न यसपाली सवै गम्भिर रहेको बताए । गत वर्ष २५३ परीक्षार्थी अमर्यादित भएपछि निस्कासनमा परेका थिए । जिशिअ दाहालले परीक्षा मर्यादित बनाउन विद्यार्थीको खानतलाशी गरिने,मोवाईल,झोला फेला परे सिधै परीक्षाबाट निस्कासन गरिने तथा थप केहि आन्तरिक तयारीहरु समेत गरिएको बताए । उहाले चिटचोरीमा संलग्न भएको पाईए केन्द्राध्यक्ष,निरिक्षक,सहयोगी वा जो सुकै भएपनि कानुनमा तोकिए बमोजिम कार्यवाही गरिने बताए ।
यता एसइई परिक्षालाई मर्यादित र व्यवस्थित बनाउन शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले समेत चासो देखाएका छन । नयाँपत्रिकासंगको कुराकानीमा मन्त्री पोखरेलले तराईका केहि जिल्ला लगायतका अन्य जिल्लाहरुमा समेत गत वर्षहरुमा परीक्षा अमर्यादित देखिएकोले यसवर्ष आफुहरुले समेत गम्भिरता पुर्वक परीक्षा नियाल्ने बताए । उहाले परीक्षा मर्यादित बनाउन सवै जिशिअलाई निर्देशन समेत दिनु भएको छ ।
एक कैदीले समेत परीक्षा दिने ः
लागु औषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गौशाला नगरपालिका स्थित घर भएका एक युवक कारागारबाट परीक्षामा सहभागी हुने भएका छन । त्यसतै ५ जना नेत्रहिन र एक शारिरिक रुपले असक्षम परीक्षार्थी समेत परीक्षामा सहभागी हुने जिशिअ दाहालले बताए ।

Be the first to comment on "महोत्तरीमा एसइई परीक्षाको तयारी पुरा,परीक्षा मर्यादित बनाईने ः जिशिअ"

Leave a comment

Your email address will not be published.

*