पक्राउ परेको लागु औषधपक्राउ परेको लागु औषध

लागु औषध सहित एक पक्राउ
रंजन भण्डारी
महोत्तरी,६ चैत्र ।20180320_115830
महोत्तरीमा लागु औषध सहित एक पक्राउ परेको छ । जिल्लाको सम्सी गाउपालिका वडा नं. ६ स्थित सिमानाकामा ज१त १०१९ नम्बरको पिकअप गाडीमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा लागु औषध स्पास्मा पीभोनप्लस २६३ ट्यावलेट र निटराजेपाम २५६ ट्यावलेटका सहित सो सवारीका चालक पक्राउ परेका हुन ।
सिन्धुली कमलामाई नगरपालिका वडा नं. ६ वस्ने २५ वर्षिय सुमन खतिवडाले पिकअपको विभिन्न आन्तरिक भागहरुमा लुकाई छिपाई उक्त लागु औषध ल्याउदै गर्दा शसस्त्र प्रहरीलाई शंका लागेर चेकजाच गर्दा उनी लागु औषध सहित पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई शसस्त्र प्रहरी वोर्डर आउट पोष्ट सम्सीले चेकजाचको क्रममा सोमवार पक्राउ गरेको हो ।
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीले आजै जिल्ला अदालत जलेश्वरबाट म्याद थप गरि अनुसन्धान अगाडी वढाईने बताएको छ ।

Be the first to comment on ""

Leave a comment

Your email address will not be published.

*