हवाई दुर्घटनामा मृत्यु भएकाहरुलाई श्रद्धान्जली

20180320_181501

रंजन भण्डारी
महोत्तरी,चैत्र ६ गते ।
गत साता बांगलादेशबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा विमान अवतरण गर्ने क्रममा भएको दुर्घटनाका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै महोत्तरीमा श्रद्धान्जली स्वरुप मैनवत्ती प्रज्वलन गरिएको छ । साथै एक मिनेटको मौन धारण समेत गरिएको थियो ।20180320_181501
मिथिला साँस्कृतिक विकास केन्द्र जलेश्वरको आयोजनामा सदरमुकाम जलेश्वर स्थित दुर्गाचोकमा भएको सो मैनवत्ती प्रज्वल कार्यक्रममा महोत्तरीका प्रहरी प्रमुख एसपी कुवेर कडायत,अनुसन्धान उप प्रमुख एसपी दिपक खड्का,जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र,स्थानिय,नागरिक समाज,बुद्धिजिवी,युवा,संचारकर्मी तथा संघसंस्थाहरु गो गो फाउण्डेशन,शान्ति तथा विकासका लागि युवा संजाल(वाईएनपिडी) लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरु समेत सहभागी भए ।
विमान दुर्घटनामा मनरा सिस्वा नगरपालिका सांढा कि मेडिकल स्टुडेन्ट श्रेया झा समेतको मृत्यु भएकोमा महोत्तरीवासीले विशेष सम्वेदना व्यक्त गरेका थिए । श्रद्धान्जली कार्यक्रमको नेतृत्व मिथिला साँस्कृतिक विकास केन्द्रका अध्यक्ष ताराकान्त झा ले गरेका थिए ।

Be the first to comment on "हवाई दुर्घटनामा मृत्यु भएकाहरुलाई श्रद्धान्जली"

Leave a comment

Your email address will not be published.

*