राजपा नेता शरत सिंह भण्डारीको घर नजिकै वम विस्फोट

                                                                                   कुनै मानविय क्षति भएन
रंजन भण्डारी
महोत्तरी,१० मंसिर ।
राष्ट्रिय जनता पार्टीका राष्ट्रिय अध्यक्ष मण्डल सदस्य तथा महोत्तरी क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य उम्मेदवार शरत सिंह भण्डारीको घर नजिकै बम विस्फोट भएको छ । अवेर राती १ बजेर दश मिनेटमा सो विस्फोट भएको हो ।
नेता भण्डारीले राती गाउ आउने योजना नरहेको र जनकपुर तिर नै जान लाग्दा जनकपुरमा बम विस्फोट भएको खवर पाएको बताए । उनले सुरक्षाकर्मीहरुले जनकपुरमा तनाव भएकोले जनकपुर नजान आग्रह गरेपछि आफु घर तिरै आईपुगेको बताए । उनले राती करिव ११ः३० मा खाना खाएर सुतेको र राम्ररी निदाउन नपाउदै करिव १ बजे तिर ठुलो आवाज आएको बताए ।
विस्फोट भएको स्थलमा किटको टुकडाहरु फेला परेकोले प्रेसर कुकर बम हुन सक्ने आफ्नो अनुमान रहेको नेता भण्डारीले बताए । यता घटनाको जिम्मेवारी कसैले नलिएपनि यसको सम्पुर्ण जिम्मेवार नेपाली काँग्रेसको सरकार भएको बताए । आन्दोलन छोरेर देश र जनताको हितमा हामी निर्वाचनमा आएको तर ठुला नेताहरुलाई समेत सुरक्षा दिन नसक्ने सरकारले जनतालाई कसरी सुरक्षित राख्ने भनेर आक्रोश पोखेका छन ।
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतले वम विस्फोट भएको स्थानबाट स्टिल का टुक्राहरु फेला परेपनि कुन बम थियो भने यकिन नभैसकेको बताए । उनले सोको को टिम तथा अन्य सुरक्षा दस्ताहरु विस्फोट भएको स्थानमा गईसकेको र खोजविन हुदै गरेको बताए । उहाले वम विस्फोटबाट कुनै मानविय क्षति नभएको बताए ।
यता घटनाको हालसम्म कसैले जिम्मेवारी लिएको छैन । नेता भण्डारीको घर नजिकै बम विस्फोट हुनु तथा जनकपुरमा राजपाकै नेता राजेन्द्र महतोको घर नजिक वारह विग्हामा विस्फोटले राजपा विरुद्ध ठुलै हमला भईरहेकको अनुमान छ ।

Be the first to comment on "राजपा नेता शरत सिंह भण्डारीको घर नजिकै वम विस्फोट"

Leave a comment

Your email address will not be published.

*