महोत्तरीमा वोलेरोको ठक्करबाट एकको मृत्यु

रंजन भण्डारी
महोत्तरी,९ मंसिर ।

महोत्तरीको माईस्थान गौशला सम्सी सडक खण्डमा गएराती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ज १ च ७६४ नम्बरको बोलेरोको ठक्करबाट ज ८ प १३५१ नम्बरको स्कुटरलाई ठक्कर दिंदा गौशला नगरपालिका ४ बस्ने ५५ बर्षीय जितेन्द्र दाहालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
बोलेरोको ठक्करबाट घाईते दाहालको उपचारको लागि बर्दिवास ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक भोला भट्टले बताए । उहाले ठक्कर दिने बोलेरोलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र खोजी कार्य भैरहेकोे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *