महोत्तरीमा अनुमति प्राप्त ५५ हतियार प्रहरीले बुझे

                                                                              थप संकलनको लागि प्रयास जारी
रंजन भण्डारी
महोत्तरी, ९ मंसिर ।
महोत्तरीमा ३०९ जनाले अनुमति प्राप्त ३३२ थान हतियार राखेकोमा सो मध्ये ५५ थान हतियार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा संकलन भएको छ । स्थानिय तहको निर्वाचनको समय नै अनुमति प्राप्त हात हतियारहरु बुझाउन जिल्ला प्रसासन कार्यालय महोत्तरीले सुचना गरेको र हतियारधारीहरुको घर घरमै पुगेर हतियार बुझाउन भनेपछि ५५ थान हतियार बुझाईएको हो ।
जिल्लामा अनुमति प्राप्त हतियारहरुमा पेस्तोल १२, बार वोरको बन्दुक एकनाले १८०,दुईनाले १२३ ,बाईसवोरको एकनाले ६ ,भरुवा एकनाले २,हावादारी ९ गरि कुल ३३२ हतियार अनुमति प्राप्त रहेको जिल्ला प्रसासन कार्यालय महोत्तरीको तथ्यांक छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी मा राखिएका अनुमति प्राप्त हथियार हरु .
जिल्ला प्रहरी कार्यालय महोत्तरी मा राखिएका अनुमति प्राप्त हथियार हरु .

यता प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन मंसिर २१ गते हुने भएकोमा स्थानिय तहको निर्वाचनको वेला संकलन गरिएको हतियारहरु प्रहरीले आफुसंगै सुरक्षित राखेको छ ।
करिव ३९ किलोमिटर खुल्ला सिमाका कारण निर्वाचनको वेला सुरक्षा चुनौतीहरु हुन सक्ने भएकोले नेपाल र भारतका सुरक्षाकर्मीहरुको सिमा क्षेत्रमा दैनिक संयुक्त गस्ती,सवै सवारी साधनको चेकजाच तथा वारीपारी आउने जाने सामग्रीहरुको चेकजाच बढाईएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी बावुराम श्रेष्ठले बताए । उनले वाहिर बाट आउन सक्ने सम्भावित हतियार र अपराधी तथा नेपालमै रहेको अनुमति प्राप्त हतियार दुवै चुनौती रहेकोले दुवै तिर आफुहरुको ध्यान रहेको बताए ।
यता दोस्रो चरण अन्तर्गत प्रदेश नं. २ मा प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको वेला अनुमति प्राप्त थप हतियार संकलन नभएकोले वाकि हतियार संकलन र तथ्यांक अद्यावधिक गर्न जिल्ला प्रसासन कार्यालयल महोत्तरीले कार्य सुरु गरिसकेको जिल्ला प्रसासन कार्यालय महोत्तरीका हातहतियार मामिलाका स्रोत व्यक्ति हेम कार्कीले बताए । उनले पंचायत कालमै जिल्ला प्रसासन कार्यालयबाट हतियारहरु दिईएको तर सो तथ्यांकहरु अद्यावधिक हुन नपाउदा हामीसंगै रहेको पुरानो तथ्यांकको आधारमा हतियार संकलनको लागि प्रयास गरिरहेको बताए । उनले कार्यालयमा उपलब्ध कागजातहरु समेत सोहि वेलाको भएकोले धेरै प्रस्ट समेत नदेखिएको र व्यहोरा समेत अधिकांशको पुर्ण नदेखिएकोले हतियार संकलन कार्यमा केहि कठिनाई भएको बताए । 20171123_100334
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वालकृष्ण पोखरेलले जिल्लाका सवै प्रहरी युनिटहरुलाई जिल्ला प्रसासन कार्यालयको निर्देशन अनुसार हतियारको अनुमति प्राप्त व्यक्तिहरुको सुची पठाइसकिएको र पुनः सवैको घर घर मै पुगी वा पत्रको माध्यमले हतियार संकलन कार्य सुरु भैसकेको बताए । उनले चाडै थप हतियारहरु संकलन को प्रयास भैरहेको बताए ।
महोत्तरीका प्रजिअ श्रेष्ठले निर्वाचन सुरक्षाकै लागि हालै भारतको सितामढी र धनुषाको जनकपुरमा समेत सेक्युरिटीको वैठक वसेको बताउदै फरार अपराधीहरु तथा निर्वाचनमा वाधा पुर्याउन सक्ने अपराधीहरुको सुची समेत हस्तान्तण भएको बताए । उहाले शसस्त्र प्रहरी तथा जनपद प्रहरी सिमा क्षेत्रको सुरक्षामा खटेको बताउदै अपराधी प्रवृतिका व्यक्ति तथा हात हतियार समेत नियन्त्रणको लागि सुरक्षा योजना अनुरुप नै सवै सतर्क रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *