राजपाले घोषणापत्र सार्वजनिक गर्यो

पहिचान,अधिकार र सम्मान राजपा नेपालको दृढ अडान मुल नारा
रंजन भण्डारी
महोत्तरी,७ मंसिर ।
प्रदेश नं. २ अन्तर्गतको प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनको लागि राष्ट्रिय जनता पार्टीले महोत्तरी सदरमुकाम जलेश्वरमा भएको कार्यक्रममा आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । राजपाका अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुर तथा अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गरेका छन ।

घोषणा पत्र सार्वजनिक गर्दै राजेन्द्र महतो र महन्थ ठाकुर तथा अन्य नेताहरु
घोषणा पत्र सार्वजनिक गर्दै राजेन्द्र महतो र महन्थ ठाकुर तथा अन्य नेताहरु

राजपा अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुरले पार्टीको घोषणापत्र सम्मुनत नेपाल,सम्पन्न नेपाली,सार्थक संविधान,समावेशी राज्य,समतामुलक समाज र सार्वभौम नागरिकको लागि भएको बताए । उनले मधेश आन्दोलनले प्राप्त उपलब्धीलाई संस्थागत गर्न र मधेशीको थप हक र अधिकार दिलाउन यस निर्वाचनमा राजपा फोरम गठबन्धनलाई सघाउन सवैमा अपिल गरे ।
यस्तै अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले राजपाले मधेश आन्दोलन पुर्व आन्दोलनमा सहादत प्राप्त गर्नेहरुलाई स्थानिय सरकारबाट ५० लाख दिने गरेको प्रतिवद्धता अझै राजपाले नविर्सेको र सो पुरा गर्ने वचन वद्धता व्यक्त गरे । उनले मधेशलाई पुर्ण रुपमा आत्म निर्भर बनाउन राजपाको विकल्प नरहेको बताए । पहिचान,स्थान,अधिकार र स्वाभिमानको संघर्षलाई जारी राख्दै अव देशको चौतर्फी विकास द्रुत गतिमा गर्न राजपाले थम्भिर रहेको उनले थपे ।

यस्तो छ घोषणा पत्रमा ः
१.वाढी पहिरोको स्थायी समाधान ः हरेक वर्ष तराई मधेशको समथर मैदानमा आउने वाढीको स्थायी समाधानका लागि वेज्ञानिक योजना बनाएर बांध र कल्भर्ट निर्माण,वर्षायामको पानीको उचित निकास,चुरे भावरको प्रभावकारी संरक्षण एवं व्यापक वृक्षारोपनको कार्यक्रम संचालन गरि तराई मधेशका जनतालाई यस प्रकोपबाट सधैको लागि मुक्त गर्न सशक्त कार्यक्रम संचालन गर्ने ।
२. हुलाकी मार्ग,थप सडक संजाल र रेल सेवाको विस्तार ः तराई मधेशमा सहज आवागमन र सरसामानको ढुवानीका लागि हुलाकी मार्गलाई तराई मधेश मधेश लोकमार्ग नामाकरण गरि यथासिघ्र सम्पन्न गरि थप सडक संजालको निर्माण गरिने छ । पुर्व पश्चिम राजमार्गको समानान्तरण आधुनिक रेलमार्गको निर्माण गरिने छ ।
३. काठमाडौं– निजगढ द्रुतमार्ग र निजगढ दोस्रो अन्तराष्ट्रिय विमा स्थल ः काठमाडौं निजगढ द्रुतमार्गको पुर्ण सदुपयोग र अधिकतम आर्थिक प्रतिफल प्राप्त गर्न निजगढको दोस्रो अन्तराष्ट्रिय विमान स्थल बनेपछि मात्र सम्भव हुने भएकोले राजपा नेपालको प्रयास यि दुवै आयोजनाहरु एक्कै चोटी र यथासिघ्र निर्माण सम्पन्न गरिने छ ।
४. जनकपुर – अन्तराष्ट्रिय पर्यटन स्थल एवं विश्व हिन्दु केन्द्र ः जनकपुरको वृृहत र चौतर्फी विकासका लागि दक्ष र अनुभवी विशेषज्ञहरुको सहयोगमा आधुनिक गुरु योजना तयार गरि जनकपुरलाई अन्तराष्ट्रिय पर्यटन र आध्यात्मिक केन्द्रको रुपमा विकास गरिने छ । जनकपुर विमान स्थललाई सुरुमा क्षेत्रिय र पछि अन्तराष्ट्रिय आधुनिक विमान स्थलको रुपमा स्तोरन्नती गरिने छ ।
५. विरगंज – नेपालको आर्थिक कारोवार र व्यापारको प्रमुख केन्द्र ।ः विरगंजलाई आधुनिक सहरको रुपमा विकास गर्दै यसलाई वैकिंग,विमा,शेयर कारोवार र अन्तराष्ट्रिय व्यापारको केन्द्र बनाईने छ । नया उद्योगहरु खोल्न निजि क्षेत्रलाई आकर्षित गर्ने सेवा,सुविधा र छुटको योजना बनाईने छ । विरगंजलाई विश्वका अन्य व्यापारिक र आर्थिक कारोवार हुने शहरहरुसंग सरकारी स्तरमै जोडिने छ ।
६. विराटनगर,भैरहवा र नेपालगंज नेपालको आर्थिक विकासको मेरुदण्ड ः निर्वाध विधुत आपुर्ती औद्योगिक निकासको व्यवस्थापन,औद्योगिक सडकको निर्माण एवं स्तरोन्नती,श्रमिक विकास,प्राविधिक प्रशिक्षण र राजनितिक हस्तक्षेपको समाप्ती आदी दिशामा ठोस कार्यगर्दै उद्योगहरुको सम्वद्र्धण र थप विस्तारको कार्यक्रम बनाईने छ । राजविराज,सिरहा,जलेश्वर,मलंगवा,गौर,कलैया,नवलपरासी,तौलिहवा,नेपालगंज,तुल्सीपुर,गुलरिया र महेन्द्र नगरमा एकिकृत सहरी विकास कार्यक्रम लागु गरि आधुनिक सहरको निर्माण गरिने छ ।
७. लुम्बिनी– अन्तराष्ट्रिय बुद्धिष्ट केन्द्र ः लुम्बिनी विकास गुरुयोजनालाई तत्काल थप प्रभावकारी बनाईने छ । ढिलो भएका योजना र निर्माण कार्यहरुलाई यथासिघ्र सम्पन्न गरिने छ र सुरु नभएका कार्यक्रमहरुलाई अविलम्व प्रारम्भ गरिने छ । राजनितिक हस्तक्षेपलाई निरुत्साहित गरिने छ । सुस्त गतिमा निर्माण हुदै गरिएको गौतम वुद्ध अन्तराष्ट्रिय विमान स्थललाई सिघ्र सम्पन्न गरि संचालनमा ल्याईने छ ।
८. सुचना प्रविधि तथा ईन्टरनेट सेवाको विस्तार ः सुचना प्रविधि र ईन्टरनेटको सेवा उपलब्ध नभएको वा गुणस्तरिय नभएका ठाउहरुमा सुलभ र सस्तो ईन्टरनेट सेवा उपलब्ध गराईने छ । सरकारी र सार्वजनिक रुपमा संचालित माध्यमिक उच्च माध्यमिक एवं व्यवसायिक शिक्षा केन्द्रहरुमा निशुल्क ईन्टरनेटको व्यवस्था गरिने छ ।
९. युवामैत्री कार्यक्रम ः उच्च शिक्षा र वैदेशिक रोजगारमा जान चाहने युवाहरुका लागि धरौटी रहित ऋण उपलब्ध गराईने छ । वैंक र वितिय संस्थाहरुलाई कुल ऋण प्रवाहको कम्तीमा एक प्रतिशत युवाहरुको नया कारोवारमा लगानी गर्नु पर्ने व्यवस्था गरिने छ । विराटनगर,जनकपुर,विरगंज,भैरहवा,नेपालगंज र धनगढीमा आधुनिक क्रिकेट मैदानको निर्माण गरिने छ । त्यस मध्ये कुनै दुईलाई अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने रंगशालाको रुपमा विकास गरिने छ ।
१०. महिलामैत्री कार्यक्रम ः महिलाको लागि हरेक तहको उच्च शिक्षा निशुल्क गरिने छ । हरेक नवजात वालिका जन्मनासाथ उसको सुरक्षित भविष्यका लागि आमाको संरक्षनत्वमा वालिकाको नाममा रु दश हजार अनुदान दिर्घकालिन मुद्दती खाता खोली वैंकमा जम्मा गरिने छ जुन वालिका १८ वर्ष पुगेपछि आवश्यक्ता अनुसार व्याज सहितको एकमुष्ट रकम प्रयोग गर्न सकिने छ । कम्तिमा १० जोर दुईसम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाह योग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो वरावरको रकम प्रदान गरिने छ ।
११. किसान मैत्री कार्यक्रम ः कृषी क्षेत्रको आधुनिकिकरण,नया प्रविधिको प्रयोग,पैदावारको औद्योगिकिकरण,मलखादको सस्तो र सहज उपलब्धता,उत्पादन वृद्धी र विविधिकरण,सरलिकृत कृषी ऋण तथा नया वजार विस्तार आदी उपायहरु अवलम्बन गर्दै किसानको जिवन सुखद बनाउनुको साथै देश विकासमा कृषी क्षेत्रको योगदानलाई वृद्धी गरिने छ ।
१२. गरिव मैत्री कार्यक्रम ः नेपालको कुल जनसंख्याको लगभग एक चौथाई गरिवीको रेखामुनी रहेका अति विपन्न नेपालीको जिवनलाई थप कष्टकर हुनवाट बचाउन त्यसता हरेक नेपालीको पहिचान गरि तिनलाई सहुलियत मुल्यमा चामल र अन्य दैनिक सामग्री सहज उपलब्ध गराउने व्यवस्था गरिने छ ।
१३. वैदेशिक लगानी आकर्षण र निजी क्षेत्रलाई प्रोत्साहन ः विधीको सासन,नितिगत स्थिरता,प्रभावकारी अनुगमन,वैदेशिक लगानीको वातावरण निर्माण,राजनितिक हस्तक्षेपबाट मुक्ति र यथेष्ट प्रोत्साहन प्रदान गर्दै निजी क्षेत्रको विकास,विस्तार र राष्ट्रनिर्माणमा योगदान गर्ने सहज स्थितिको सृजना गरिने छ ।
१४. शहिद स्तम्भ एवं स्मारक निर्माण ः मधेश आन्दोलन,थरुहट आन्दोलन र अन्य आन्दोलनहरुमा आफ्नो ज्यानको आहुती दिने अमर शहिदहरुलाई,तिनको त्यागलाई प्रेरणाको स्रोतको रुपमा रुपान्तरण गर्न र तिनको योगदानलाई चिर–स्मरणिय बनाउन सहादत दिएका हरेक ठाउमा शहिद स्तम्भ र सहादत भएका हरेक जिल्लाहरुमा सहिद स्मारकको निर्माण गरिने छ । सहिदका लागि गरिएका हरेक प्रतिवद्धता पुरा गरिने छ । सहिद परिवारको उचित हेरचाह,घाईते र अंगभंग भएकाहरुको उपचार र रोजगारीको व्यवस्था गरिने छ ।
१५. हरेक क्षेत्र,विशेष क्षेत्र ः मिथिला,भोजपुरा,अवध र थारु समुदायको ईतिहास,भाष,संस्कृति र कलालाई संरक्षण गर्ने उदेश्यले उपयुक्त स्थानहरुमा संग्राहलय र अनुसन्धान केन्द्रहरुको स्थापना गरिने छ । प्रदेश २ मा निर्माण गरिने पहिलो दुईवटा पाचतारे होटललाई करमा पुर्ण छुट दिईने छ । एक अर्वबाट वढी लगानीको अन्य कुनैपनि नया उद्योगलाई करमा पचास प्रतिशतको छुट दिईने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *