रंजन भण्डारी
महोत्तरी,६ मंसिर ।
वर्षौ देखि सडकको दुरदर्शाको कारण सास्ती भोग्दै गरेका जिल्लाको औरही नगरपालिका ६ का जनतालाई हर्ष न विस्मात भएको छ । एकातर्फ खाल्डो खुल्डी र धुलो तथा हिलो भरिएको सडक पक्की बन्नै लाग्दा उनीहरु खुशी देखिएका हुन भने अर्को तिर सोहि सडक बनाउन आफुहरुको घर नै टुटदै गर्दा उनीहरुलाई दुःखी बनाएको छ ।
महोत्तरीको औरही न.पा.६ वैरियामा करिव १४० घर दलितका छन । उनीहरु वर्षौ देखि सोहि स्थानमा वसोवास गरेका हुन । अहिले उनीहरुको घर तोडेर फराकिलो सडक बनाउन लागिएको छ । ऐलानी जग्गामा वसोवास गरेका उनीहरुलाई सडक बनाउन घर तोडिएपछि गाँस र वासको समस्या परेको छ ।
दास,चमार,कल्वार लगायतका दलितहरुको वाहुल्यता रहेको सडक छेउका घरहरुको मुआवजा सरकारले नदिएको तथा वैकल्पिक व्यवस्था समेत नगरेकोले आफुहरु समस्यामा परेकोले सिडियोलाई गुहार्न आएको स्थानिय गोनौर पण्डितले बताए । उनले हामीसंग जग्गा छैन हामी वृद्ध र वालवालिकाहरुलाई चिसोको समय कहा राख्ने र के खाने भनेर सरकारलाई उजुर गर्न यहा आयौ बताए ।
यता सम्सी,गौशाला र माईस्थान जोडने उक्त हुलाकी सडकमा केहि घर मुसहर समुदायका समेत छन । उनीहरुको पनि उही समस्या छ कहा वस्ने के खाने । गौशाला ४ मल्हिनिया पोखरी स्थित दर्जनौ घर मुसहर विस्थापित हुने भएका छन । यद्यपी मुसहरहरुको लागि गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले एकिकृत वस्ती निर्माणको लागि पहल गरिरहेको बताए पनि औरहीका १४० घरपरिवार विचल्लीमा परेका छन । दास,चमार,विन मलाह,कलवार लगायतको जातीको वसोवास रहेको औरही नगरपालिका स्थित सो स्थानका विचल्लीमा परेका परिवारले आफुहरुको अन्य कुनै सहारा नभएको र दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएको बताउछन ।
उनीहरु जग्गा ऐलानी हुदा समेत त्यसलाई वस्ती हामीले बनायौ अव सो समेत खोसिने भएपछि कहा जाने भन्ने चिन्ता छ । सरकारले आफुहरुको गुनासो सुनिदिन्छ भनेर हामी सरकारलाई गुहार्न यहा आयौ । अव यहा समेत हामीले न्याय पाएनौ भने हामी अकालमै मर्ने स्थिति हुन्छ उनीहरुले बताए ।
यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी बावुराम श्रेष्ठले पिडितहरुका लागि के गर्न सकिन्छ आफुले सरोकारवालाहरुसंग सल्लाह गर्ने र उनीहरुको पुनरस्थापनाको लागि कानुनले वाधा नगरेको अवस्थासम्म आफ्नो पुर्ण सहयोग हुने बताए ।
नोट ः फोटोमा जिल्ला प्रसासन कार्यालयमा ज्ञापनपत्र बुझाउन आएका पिडित दलितहरु ।
Be the first to comment on "बास देउ भन्दै दलितले गुहारे सिडियो"