निर्वाचन सुरक्षा वैठक भारतमा सम्पन्न

मतदान सकिनु ७२ घन्टा अगाडी सिमा सिल गरिने
रंजन भण्डारी
महोत्तरी,६ मंसिर ।
प्रदेश नं. २ अन्तर्गतको प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनमा भारतिय सिमासंगै रहेको महोत्तरी,सर्लाही र रौतहटको प्रसासन तथा सुरक्षा निकाय तथा भारतिय स्थानिय प्रसासन तथा सुरक्षा निकायहरुसंग भारतकै सितामढीमा वैठक सम्पन्न भएको छ । नेपाल भारत विचको खुल्ला सिमाका कारण आउने सुरक्षा चुनौतीहरु तथा निर्वाचन अवधीमा त्यसता चुनौती सामना गर्ने र निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन वैठकमा छलफल भएको छ ।

भारत को सितामरही मा बसेको बैठक . फोटो साभार जिल्ला प्रसासन कार्यालय महोत्तरी
भारत को सितामरही मा बसेको बैठक .
फोटो साभार जिल्ला प्रसासन कार्यालय महोत्तरी

महोत्तरीका प्रमुख जिल्ला अधिकारी बावुराम श्रेष्ठको नेतृत्वमा नेपालका तिन जिल्ला सर्लाही र रौतहटका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका अधिकारीहरु तथा महोत्तरीका सुरक्षा अधिकारीहरुले आफ्ना भारतिय समकक्षीहरुसंग सुरक्षा व्यवस्था सम्बन्धी बुंदागत निर्णय समेत गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी बावुराम श्रेष्ठले बताए ।
उनले निर्वाचन सकिनु अघिको ७२ घन्टा अगाडीसम्म सिमा सिल गरिने,सिमानाकामा आवत जावत गर्ने प्रत्येकमाथी कडा निगरानी राख्ने,सिमानाकाको प्रयोग गरि आवत जावत गर्ने प्रत्येक यात्रीको सवारी साधन तथा झोलाहरु समेत निर्वाचनको एकसाता अगाडी देखि नै दुवै तिरका सिमा सुरक्षाकर्मीले चेकजाच गर्ने बताए । त्यसतै महिनाको दुई पटक नेपाल र भारतका प्रसासन तथा सुरक्षा अधिकारीहरु विच वैठक वसी छलफल गर्ने निर्णय भएको उहाले बताए । निर्वाचनको समय भारतबाट हातहतियार भित्र्याउने तथा भारतिय सुटरहरु समेत नेपाल आउन सक्ने सम्भावनालाई वैठकमा गम्भिर रुपमा छलफल भएको र हातहतियार नेपाल ल्याउन रोक्न तथा त्यसता अपराधीहरुको पहिचान गरि नियन्त्रणमा लिन समेत विशेष छलफल भएको हो ।
यता सो वैठकमा लागु औषध नियन्त्रण तथा नेपालबाट भारत तस्करी हुने मदिरा नियन्यत्रमा सघाईदिन भारतिय प्रसासन र सुरक्षा अधिकारीहरुले आग्रह गरेको प्रजिअ श्रेष्ठले बताए ।20171120_113251
उनले जाली नोटको नियन्त्रणको लागि समेत दुवै देश विच छलफल भएको बताए । यता नेपालमा विभिन्न आपराधिक घटनाहरु घटाई भारतमा लुकेका विभिन्न अपराधीहरुको सुचि समेत प्रजिअ श्रेष्ठले भारतिय पक्षलाई दिएको तथा भारतले समेत चाडै भारतमा अपराध गरि नेपालमै लुकेका अपराधीहरुवारे सुचि पठाउने बताए ।
यता भारतमा पाईने दुई मुखे सर्प तस्करी भई नेपाल आउने गरेको र त्यो सर्पको मुल्य करोड भन्दा वढी भएकोले त्यसता सर्पको तस्करी रोक्न सहयोग गर्न भारतिय सुरक्षा अधिकारीहरुले आग्रह गरेको प्रजिअ श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *